सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

काठमाडौंमा खानेपानी सम्बन्धी गुनासोदेखि आउने तालिकासम्म अनलाइनबाट हेर्न सकिने 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १ २०७८
काठमाडौंमा खानेपानी सम्बन्धी गुनासोदेखि आउने तालिकासम्म अनलाइनबाट हेर्न सकिने 

काठमाडौं उपत्याका खानेपानी लिमिटेडले उपभोक्ताका लागि अनलाइन सेवा सुरु गरेको हो। 

काठमाडौं- काठमाडौंमा धारामा पानी आए नआएको तथा खानेपानी सम्बन्धी कुनै समस्या आएमा अनलाइन मार्फत् गुनासो तथा जानकारी गराउन सकिने भएको छ। 

काठमाडौं उपत्याका खानेपानी लिमिटेडले उपभोक्ताका लागि अनलाइन सेवा सुरु गरेको हो। 

धारामा पानी नआएको, पानी वितरण तालिका, खानेपानी चुहावट भएको, पानी गुणस्तर परीक्षण, ट्यांकर सेवा, ढल जाम भएको, आदि सम्बन्धी गुनासो वा सुझाव वेबसाइट वा मोबाइल एपबाट दिन सकिने भएको छ। 

कम्पनीको वेवसाइट kathmanduwater.org मा गइ उक्त प्रणाली उपयोग गर्न सकिने छ। 

प्रकाशित : सोमबार, कात्तिक १ २०७८०२:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend