सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

६ सय २० विद्युतीय बिलिङ सफ्टवेयर सूचीकृत

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३१ २०७८
६ सय २० विद्युतीय बिलिङ सफ्टवेयर सूचीकृत

नेपालमा विद्युतीय बिलिङ प्रणाली राख्नका लागि विभागका दर्ता भएका सफ्टवेयरमात्र प्रयोग गर्न पाइन्छ। दर्ता भएकामध्येबाट करदाताले सफ्टवेयर छनौट गरेर राख्न पाउने छन्। 

काठमाडौं- नेपालमा विद्युतीय बिलिङ गर्न पाउने सफ्टवेयरको संख्या छ सय २० पुगेको छ। 

आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको सूचनाअनुसार हालसम्म विभागमा ६२० वटा सफ्टवेयर दर्ता भएका छन्। 

नेपालमा विद्युतीय बिलिङ प्रणाली राख्नका लागि विभागका दर्ता भएका सफ्टवेयरमात्र प्रयोग गर्न पाइन्छ। दर्ता भएकामध्येबाट करदाताले सफ्टवेयर छनौट गरेर राख्न पाउने छन्। 

सफ्टवेयर दर्ता गरी अनुमति लिनका लागि विकासकर्ता तथा आधिकारिक वितरकले विभागमा आवेदन दिनुपर्छ। विभागले तोकेका विभिन्न प्राविधिक शर्त पूरा गरेपछि त्यस्ता सफ्टवेयरलाई अनुमति दिन्छ। 

नेपालमै विकास गरेको भए विकासकर्ता तथा आयात गरेको भए आधिकारिक वितरकले अनुमतिका लागि आवेदन दिन पाउनेछन्। 

करदाता आफैले पनि सफ्टवेयर बनाएर प्रयोग गर्नसक्नेछन् तर त्यस्तो सफ्टवेयर सूचीकृत भने हुनुपर्छ।

प्रकाशित : आइतबार, असोज ३१ २०७८०८:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend