सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सुमेरु सेक्युरिटिजलाई नेप्सेले सोध्यो स्पष्टीकरण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३१ २०७८
सुमेरु सेक्युरिटिजलाई नेप्सेले सोध्यो स्पष्टीकरण

नेप्सेले सुमेरुलाई धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली २०५५ को विनियम १२(१) (झ) को व्यवस्था विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेको हो। 

काठमाडौं- ग्राहकले त्रुटीबस गलत विवरण पेस गरेपनि धितोपत्र ब्रोकरहरु त्यसको जिम्मेवार हुने भएका छन्। नेपाल स्टक एक्सचेन्जले ब्रोकर कम्पनीले ग्राहकले पेस गरेको विवरण अनिवार्य रुजु गर्नुपर्ने बताएको छ। 

ग्राहकले मानवीय त्रुटीबस गलत विवरण पेस गरेको सोही विवरण रुजु नगरी ग्राहकको नहुनुपर्ने विवरण प्रणालीमा दर्ता भएको भन्दै सुमेरु सेक्युरिटिजलाई स्पष्टीकरण सोधेको छ। 

नेप्सेले सुमेरुलाई धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली २०५५ को विनियम १२(१) (झ) को व्यवस्था विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेको हो। 

उक्त विनियमावलीको ७(२) बमोजिम कारबाही किन नगर्ने भन्दै नेप्सेले स्प्टीकरण सोधेको हो।

प्रकाशित : आइतबार, असोज ३१ २०७८०८:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend