सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

'कार्वन पार्टनरसिपमा' भुक्तानी पाउने पहिलो देश बन्यो मोजाम्बिक 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३१ २०७८
'कार्वन पार्टनरसिपमा' भुक्तानी पाउने पहिलो देश बन्यो मोजाम्बिक 

वनको भाग बढाएको, वन विनाश रोकेको भन्दै विश्व बैंकले मोजाम्बिकलाई उक्त रकम भुक्तानी गरेको हो। 

काठमाडौं- विश्व बैंकको कार्वन उत्सर्जन न्यूनीकरण कार्यक्रम अन्तर्रगतको कार्वन पार्टनरसिपमा अन्तर्गत भुक्तानी पाउने पहिलो देश मोजाम्बिक बनेको छ। 

मोजाम्बिकले सन् २०१९ देखि २०२१ सम्म कार्वन उत्सर्जनमा सहयोग पुर्याएको भन्दै रकम भुक्तानी पाएको छ। 

विश्व बैंकका अनुसार मोजाम्बिकले ६४ लाख अमेरिकी डलर भुक्तानी पाएको छ। उसले १० करोड २८ लाख टन कार्वन उत्सर्जन घटाएको थियो। 

वनको भाग बढाएको, वन विनाश रोकेको भन्दै विश्व बैंकले मोजाम्बिकलाई उक्त रकम भुक्तानी गरेको हो। 

विश्व बैङ्ककले संसारमा हरियाली बढाउन भन्दै कार्वन पार्टनरसिप कार्यक्रम सञ्चालन गरिरहेको छ। 


प्रकाशित : आइतबार, असोज ३१ २०७८०६:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend