सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

विश्व बजारमा बढ्दैछ पेट्रोलियमको मूल्य, तीन वर्षकै उच्च बिन्दुमा पुग्यो 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३१ २०७८
विश्व बजारमा बढ्दैछ पेट्रोलियमको मूल्य, तीन वर्षकै उच्च बिन्दुमा पुग्यो 

त्यस्तै वेस्ट टेक्सास इन्टरमेडियट क्रुडको मूल्य पनि ८२.२८ डलर पुगेको छ। 

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढिरहेको छ। पछिल्ला सातामा निरन्तर बढ्दै आएको पेट्रोलियमको मूल्य तीन वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ। 

शुक्रबार प्रतिब्यारेल ८५ डलरभन्दा माथि पुगेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। यो  पछिल्लो तीन वर्षकै उच्च मूल्य हो। सन् २०१८ अक्टुबरमा ८५.१० डलर प्रतिब्यारेल पुगेको थियो। पछिल्लो छ हप्तामै यसको मूल्य ३ प्रतिशतले बढेको हो। 

त्यस्तै वेस्ट टेक्सास इन्टरमेडियट क्रुडको मूल्य पनि ८२.२८ डलर पुगेको छ। 

कोरोना महामारीको प्रभाव न्यूनीकरण हुँदै जाँदा अर्थतन्त्र पुनरुत्थान्मुख हुँदा बजारमा माग बढेको तर उत्पादन सामान्य अवस्थाकै जस्तो हुँदा अधिकांस इन्धन/उर्जाको मूल्य बढेको छ। कोइला, डिजेल तथा पेट्रोलको उपभोक्ता मूल्य पनि बढ्दै आएको छ। 

उर्जाको मूल्य बढ्दै जाँदा बजारमा मूल्यवृद्धि आकाशिनेप्रति विश्व बैंक समूहको बैठकमा समेत छलफल भएको थियो। बढ्दो सार्वजनिक ऋण र मुद्रास्फिति अहिलेको मुख्य समस्या भएको सरोकारवालाहरूले बताएका थिए। 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य उकालो लाग्दै जाँदा नेपालमा पनि मूल्यवृद्धि हुने छ। इन्धनको मूल्यवृद्धिले गर्दा अन्तर्राष्ट्रिय बजारमै औद्योगिक कच्चा पदार्थ तथा तयारी वस्तुको मूल्यवृद्धि हुने  छ। यसको प्रत्यक्ष मारमा उपभोक्ताहरू पर्ने छन्। 

कोरोना महामारीबाट राम्रोसँगै उठ्न नपाउँदै उपभोक्ताहरू महँगीको चक्रिय मारमा पर्नसक्ने भन्दै सरकारहरूले यसको तत्काल समाधान खोज्नुपर्ने विश्वबैंक समूहको बैठकमा समेत कुरा उठेको रोयटर्सले समाचारमा उल्लेख गरेको छ। 


प्रकाशित : आइतबार, असोज ३१ २०७८०६:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend