बुधबार, वैशाख १९ गते २०८१    
images
images

राहदानी वितरण सर्भरको '९९.७ प्रतिशत आईटी प्रणालीको उपलब्धता हुने' भनेको के हो? विभागसँग छैन काम भए/नभएको तथ्यांक

images
images
images
राहदानी वितरण सर्भरको '९९.७ प्रतिशत आईटी प्रणालीको उपलब्धता हुने' भनेको के हो?  विभागसँग छैन काम भए/नभएको तथ्यांक

ठेकेदार कम्पनीले सम्झौतामा भनेको ९९.७ प्रतिशत आईटी प्रणाली उपलब्धताबारे अहिले कुनै अनुगमन भएको छैन।

images
images

काठमाडौं-  राहदानी विभागले ई-पासपोर्ट वितरणका लागि ठेक्का सम्झौता गर्दा आईटी प्रणालीको उपलब्धता ९९.७ प्रतिशत हुने उल्लेख गरिएको थियो। तर कम्पनीले जडान गरेको प्रणालीमा समस्या आउँदा १९ गतेदेखि पासपोर्ट वितरण प्रणालीमा समस्या देखिएको छ। तर विभागले सबै प्रणालीमा समस्या नआएको र केही पार्टमा मात्रै समस्या आएको दाबी गरिरहेको छ। 

images
images
images

प्रणालीमा सानो समस्या देखिएको भए त ठेकेदार कम्पनीको नेपालमा रहेकै प्राविधिक कर्मचारीले समस्याको पहिचान गर्न सक्ने थिए। तर १७ गतेबाट देखिएको समस्या अहिलेसम्म पहिचान हुन सकेको छैन। औपचारिक रुपमा लग-इनमा समस्या देखिएको मात्रै भनिएको छ। नेपालमा रहेका कर्मचारीबाट समस्या समाधान र पहिचान हुन नसकेपछि कम्पनीले विशेष प्राविधिक टोली नेपाल पठाइसकेको छ। नेपाल आएको प्राविधिक टोली अहिले समस्याको पहिचानमा लागेको विभागकी प्रवक्ता दुरपदा सापकोटा बताउँछिन्।

images

प्रवक्ता सापकोटाले अहिलेसम्म एकपटकमा सबै प्रणाली डाउन नभएको बताइन्। तर समय समयमा विभिन्न प्रणालीमा समस्या भने आइरहेको सापकोटाले स्वीकार गरिन्। कुन प्रणाली कति घण्टा समस्या आयो भनेर विभागको आईटी टीमले रेकर्ड राखेको छ? भन्ने प्रश्नमा सापकोटाले त्यस्तो तथ्यांकसमेत नभएको जानकारी दिइन्। 

images

यसबाट के पुष्टि हुन्छ भने ठेकेदार कम्पनीले सम्झौता गरेको '९९.७ प्रतिशत आईटी प्रणाली उपलब्धता' भएको नभएकोबारे अहिले कुनै अनुगमन भएको छैन।

images
images

सम्झौताको ४.१.३२ मा (The availability requirement for all the offered IT systems shall be 99.7%) प्रस्तावित सबै आईटी प्रणालीहरूको उपलब्धता ९९.७ प्रतिशत हुनुपर्ने भनेर उल्लेख गरिएको छ। तर यसको परीक्षण नेपालमा नहुँदा काममा समस्या त आएकै छ भने अर्कोतिर उसले लिएको भुक्तानीबाट अधिक नाफा आर्जन गरिरहेको विभागका एक पूर्वमहानिर्देशकले बताए।

९९.७ प्रतिशत आईटी प्रणाली उपलब्धता गराउँछु भनेको के हो भनेर विभिन्न कम्पनीका काम गरिरहेका आईटी विज्ञहरूसँग सोध्दा उनीहरूले ९९.७ प्रतिशत आईटी प्रणाली उपलब्धता गर्छु भन्नु भनेको कुल काम गर्ने घण्टाको ०.३ प्रतिशत समयमात्रै आईटी प्रणालीमा समस्या आउँछ। त्यो हुँदासम्म ठेकेदार कम्पनीलाई दोष दिन र क्षतिपूर्ति माग गर्न पाइँदैन भनिएको हो। कुल काम गर्ने घण्टामा ०.३ प्रतिशतभन्दा बढी समय प्रणालीले काम गरेन भने उसले त्यसबाट भएको क्षतिपूर्ति तिर्नु पर्छ।

के ९९.७ प्रतिशत आईटी प्रणाली उपलब्धता हुने भनेको प्रणाली पूरै डाउन भएर काम नभएको हुनु पर्ने हो कि, प्रणालीमा जहाँ जुनसुकै समस्या आएर कामdf अवरोध भएकोलाई पनि मानिन्छ भन्ने समेत बुझ्ने कोसिस गरेका थियौँ।

यसमा आईटी विज्ञहरूका अनुसार सर्भर पूरै डाउन भएर काम नहुनु तथा सर्भरको कुनै पार्ट बिग्रिएर कान नहुनुसँग मतलब राख्दैन।

९९.७ प्रतिशत आईटी प्रणाली उपलब्धता हुने भनेको राहदानी वितरण प्रणालीमा कुनै पनि ठाउँमा समस्या देखिएर रोकिन्छ भने त्यसलाई जोडिन्छ।

उदाहरणका लागि अहिले विभागले सबै प्रक्रियामा समस्या आएको होइन, लग-इनमा मात्रै समस्या आएको हो भनिरहेको छ। यसो भनेर प्रणाली पूरैमा समस्या छैन, यसले आईटी प्रणालीको ९९.७ प्रतिशत उपलब्धता नभएको भनेर भन्न मिल्दैन भनिनु सरासर गलत हो।

प्रणाली भित्र के-के काम गर्ने हो त्यो कम्पनीको काम हो। ठेक्का सम्झौतामा नै सबै विषय राखिएको हुन्छ। त्यही भएर त ९९.७ प्रतिशत राखिएको हो। विभागले राहदानी वितरणका लागि आवेदन लिने, रुजु गर्ने, बायोमेट्रिक लिने तथा प्रिन्ट गर्दासम्मको लागि सम्झौता गरेको हो। यसमा कुनै एक पार्टमा समस्या आउनु नै सर्भर डाउन हो। अहिले राहदानी वितरणमा ९९.७ प्रतिशत आईटी प्रणाली उपलब्धता राखेर काम नहुँदा समस्या आएको हो।

उदाहरणका लागि ३६५ दिनमा दैनिक २४ घण्टाका दरले ८ हजार ७ सय ६० घण्टा हुन्छ। यसमा ९९.७ प्रतिशत आईटी प्रणाली उपलब्धता हुने भनेर भनिएको अवस्थामा ८ हजार ७ सय ३४ घण्टा सर्भरले काम दिन्छ र दिन्छौँ भनिएको हो। तर अहिलेसम्म कति घण्टा काममा अवरोध भयो विभागसँग तथ्यांक नै छैन। जसका कारण राहदानी वितरण प्रणालीको ठेक्कामै आर्थिक चलेखेलका लागि सेटिङ भएका कारण काम नभएको विभागकै कर्मचारीहरू बताउँछन्।

ठेक्का पाएको कम्पनीको बदमासीका कारण पासपोर्टमा समस्या, अनुगमन गर्नै सकेन विभागले ठेक्का पाएको कम्पनीको बदमासीका कारण पासपोर्टमा समस्या, अनुगमन गर्नै सकेन विभागले

images

प्रकाशित : शुक्रबार, पुस २२ २०७९१२:१७

प्रतिक्रिया दिनुहोस