सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

किसानलाई धान काट्न भ्याइनभ्याई    

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज ३० २०७८
किसानलाई धान काट्न भ्याइनभ्याई    

डोटी- दसैँको टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई भएको छ ।     
     
खेतबारीमा किसानहरु धमाधम धान काट्नमै व्यस्त हुने गरेका देखिन्छन् । खेतमा लटरम्म धान पाकेका कारण वर्षा र पानी परे धान झार्ने डरले किसानलाई उक्त धान बटुल्न चटारो सुरु भएको छ । धान धत्पादनको दृष्टिकोणले पकेट क्षेत्रका रुपमा चिनिँदै आएका यहाँका बनिडुग्रिसैन, दिपायल, पिपल्ला, जोरायल, गड्सेरा, बर्छैन, सायल, पूर्वीचौकी लगायतका ठाउँहरुमा किसानहरु अहिले धान काट्ने चटारोमा व्यस्त भएका हुन् ।     
     
यो वर्ष समयमै बर्सात भएका कारण जिल्लामा प्रायः सबै ठाउँमा समयमै धान रोपाइँ सम्पन्न भएको थियो । कृषि ज्ञान केन्द्र सिलगढीका अनुसार जिल्लामा यो वर्ष धान उत्पादनमा निकै वृद्धि हुने अनुमान गरिएको छ । किसानहरु समयमै धान काट्न सजिलो होस् भन्दै अहिले खेतमै खाना पकाएर खाने तथा दिनभरि धान काट्ने गरेका जोरायल गाउँपालिका–४ की स्थानीयवासी तक्ष्मीकुमारी ओलीले बताए। 

दसैँ मनाउनका लागि घरमा आएकाहरु पनि खेतमा धान काट्न सहयोग गर्न थालेपछि यहाँका किसानलाई धान काट्न निकै सहज भएको स्थानीयवासी बताउँछन् । अहिले वृद्धवृद्धादेखि युवा समूह धान काट्नमा निकै सक्रिय भएका दिपायल सिलगढी नगरपालिका–३ का स्थानीयवासी भरत द्वारियाले बताए। 

युवायुवतीले धान काट्ने काम गर्ने तथा अन्य किसान धान झार्ने काम गर्ने गरेको बडिकेदार गाउँपालिका–१ का स्थानीयवासी रोजबहादुर कलेलले जानकारी दिए।  विमलबहादुर विष्ट/रासस
    

 


प्रकाशित : शनिबार, असोज ३० २०७८०९:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend