शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

दसैँमा बन्द भएको मनकामना केबलकार आजदेखि सञ्चालन

images
बिजनेस न्युज
images
दसैँमा बन्द भएको मनकामना केबलकार आजदेखि सञ्चालन

विगतमा दसैँमा तीन दिन बन्द गरिँदै आएकामा यस वर्ष भने महानवमी र विजयादशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताए। 

images
images
काठमाडौं- मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो । 
 
विगतमा दसैँमा तीन दिन बन्द गरिँदै आएकामा यस वर्ष भने महानवमी र विजयादशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताए। 
 
गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द भएपछि २०७८ भदौ २३ गतेदेखि खुलेको हो । 
 
गत भदौ २३ देखि असोज २७ गतेसम्म ५५ हजार मानिसले केबुलकारबाट सेवा लिएको नायब महाप्रबन्धक शेरचनले बताए। रासस

images

प्रकाशित : शनिबार, असोज ३० २०७८०७:५३
प्रतिक्रिया दिनुहोस