काठमाडौं- पुस १९ गते देखि राहदानी विभागको राहदानी वितरण सर्भरमा देखिएको समस्या अहिलेसम्म समाधान हुन सकेको छैन।
नेपाल बसेर नै काम गरिरहेका आईडीईएमआईएको प्राविधिक कर्मचारीले समस्याको पहिचान गर्न नसकेपछि कम्पनीले विशेष प्राविधिक टोली नेपाल पठाएको हो। प्राविधिक टोली नेपाल आइपुगेको विभागकी प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन्।
प्राविधिक टोलीले समस्याको पहिचान गर्दै समाधान गर्ने उनले बताइन्।
ठेक्का पाएको कम्पनीको बदमासीका कारण पासपोर्टमा समस्या, अनुगमन गर्नै सकेन विभागले