सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

हङ्गर इन्डेक्स- नेपालको स्कोरमा सुधार, र्‍यांकिङ खस्कियो 

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज ३० २०७८
हङ्गर इन्डेक्स- नेपालको स्कोरमा सुधार, र्‍यांकिङ खस्कियो 

सूचकको १ नम्बरमा बेलारुस छ भने सबैभन्दा अन्तिममा सोमालिया छ। पेटभरी खाना, बाल कुपोषण र बाल मृत्युदरजस्ता सूचकको आधारमा सूचकांक निकालिन्छ। 

काठमाडौं- 'भोक सूचकांक' मा नेपालको अवस्था सुदृढ भएको छ। सन् २०२० को तुलनामा नेपालको सूचकांकमा सुधार नभएपनि सूचकमा सुधार देखिएको हो। 

आयरल्यान्डस्थित सहायता एजेन्सी कन्सर्न वर्ल्डवाइड र जर्मनीको वेल्ट हङ्गरको  साझेदारीमा प्रकाशित हुँदै आएको 'हङ्गर सूचकांक' मा नेपालले सुधार गरेको देखिएको हो। 

नेपालको र्यांकिङमा सुधार नदेखिएपनि स्कोरमा सुधार देखिएको छ। सन् २०२० मा नेपालको स्कोर १९.५ थियो भने यो वर्ष घटेर १९.१ मा आएको छ। यद्यपी नेपालभन्दा अरु देशले सुधार राम्रो गर्दा नेपालको र्‍यांकिङ ७३ बाट ७६ पुगेको छ। 

सूचकांक प्रतिवेदनअनुसार दक्षिण एसियामा भारतको अवस्था नाजुक रहेको छ। भारत ११६ मुलुकमध्ये १०१ औं स्थानमा छ भने उसको स्कोरमा पनि सुधार भएको छैन। नेपालभन्दा माथि बंगलादेश ७५ औं स्थानमा छ भने श्रीलंका ६५औं स्थानमा छ। 

सूचकको १ नम्बरमा बेलारुस छ भने सबैभन्दा अन्तिममा सोमालिया छ। पेटभरी खाना, बाल कुपोषण र बाल मृत्युदरजस्ता सूचकको आधारमा सूचकांक निकालिन्छ। 

भारत सरकारले भने यो रिपोर्टको विरोध गरेको छ। सयुक्त राष्ट्र संघीय कृषि तथा  खाद्य संस्थाको विधि विपरीत अध्ययन गरिएको भारत सरकारले आरोप लगाएको छ। 


प्रकाशित : शनिबार, असोज ३० २०७८०७:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend