शनिबार, साउन १२ गते २०८१    
images
images
images

बिटक्वाइनको मूल्य ६० हजार डलरमाथि पुग्यो, किन बढिरहेको छ? 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज ३० २०७८
images
images
बिटक्वाइनको मूल्य ६० हजार डलरमाथि पुग्यो, किन बढिरहेको छ? 

एक महिनाअघिमात्र ४५ हजार डलर हरेको बिटक्वाइनको मूल्य एक साताअघि मात्र ४९ हजार थियो। अहिले भने ६० हजार डलरबाट पनि उकालो लागिरहेको छ। 

images

काठमाडौं- संसारकै महँगो क्रिप्टो बिकटक्वाइनको मूल्य निरन्तर उकालो लगिरहेको छ। चीनले पूर्ण प्रतिबन्ध लगाउँदा पनि नरोकिएको बिटक्वाइनको मूल्य बढ्नेक्रम रोकिएको छैन। 

images
images

शुक्रबार बिटक्वाइनको मूल्य ६० हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ। यो  मूल्य भनेको छ महिना यताकै उच्च हो। बिटक्वाइनको मूल्य सबैभन्दा धेरै छ महिना अघि अप्रिलमा ६४ हजर डलर पुगेको थियो। हालसम्मकै उच्च मूल्यको बिन्दुतिर बिटक्वाइनको मूल्य उकालो लागिरहेको छ। 

images

एक महिनाअघिमात्र ४५ हजार डलर हरेको बिटक्वाइनको मूल्य एक साताअघि मात्र ४९ हजार थियो। अहिले भने ६० हजार डलरबाट पनि उकालो लागिरहेको छ। 

अन्तर्राष्ट्रिय मुद्राकोषदेखि संसारका ठूला अर्थतन्त्रका केन्द्रीय बैंकहरूले पछिल्लो समय आलोचना गरिरहेको यही डिजिटल मुद्राको मूल्य भने निरन्तर उकालो लागेको हो। 

images

पछिल्लो समय यसको मूल्य बढ्नुका पछाडि अमेरिकाले यसलाई 'फ्युचरबेस एक्सचेन्ज-ट्रेडेड फन्ड' का रुपमा मान्यता अपेक्षालाई लिइएको छ। यद्यपि अमेरिकाको नियामकले यसलाई अहिलेसम्म मान्यता दिएको छैन। 

अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनले फ्युचर इटीएफको मान्यता छिट्टै दिने भन्दै केही दिनअघिमात्र ब्लुमबर्गमा समाचार प्रकाशित भएको थियो। यसका लागि कतिपय कम्पनीहरूले कारोबार अनुमतिका लागि आवेदन पनि दिइसकेका छन्। आउने सातादेखि नै यसको कारोबार अनुमति पाउने उनीहरूको विश्वास छ। 


प्रकाशित : शनिबार, असोज ३० २०७८०२:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend