शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

'मौद्रिक नीति विगतको भन्दा केही सकारात्मक'

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १ २०७८
'मौद्रिक नीति विगतको भन्दा केही सकारात्मक'

नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीति विगतको भन्दा केही सकारात्मक देखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ। 

काठमाडौं- नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीति विगतको भन्दा केही सकारात्मक देखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ। 

गत सालको मौद्रिक नीतिले व्यवस्था गरेका सहुलियत कर्जा, पुनरकर्जा लघु, घरेलु तथा साना उद्यमीले कमै मात्र प्राप्त गर्न सफल भएको अनुभव रहेको जनाउँदै महासंघले अज्ञानवश वा झण्झटिलो संयन्त्रका कारण पनि यसो भएको हुनसक्ने जनाएको छ।

यो पनि गत वर्षको मौद्रिक नीतिमा गरिएको केही व्यवस्थालाई निरन्तरता दिइएको हुँदा अब चाहिँ विगतको भन्दा चुस्त संयन्त्र मार्फत कर्जा दिने व्यवस्था हुन जरुरी भएको महासंघका अध्यक्ष श्याम गिरीले बताए।

मौद्रिक नीतिले महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने २० लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था, कोभिड १९ महामारीबाट प्रभावित उद्योग/व्यवसायको शीघ्र पुनरुत्थानको लागि कार्यान्वयनमा ल्याइएको पुनरकर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिइएकोमा महासंघले स्वागत गरेको छ।

लघु, घरेलु, साना तथा मझौला उद्यम÷व्यवसायलाई प्राथमिकता दिने नीति, कृषि, लघु तथा घरेलु क्षेत्रमा कर्जा प्रवाहलाई थप प्रोत्साहित गर्न गाँउपालिका तथा नगरपालिकाको सरकारी कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकका शाखाहरुमा कृषि, लघु तथा घरेलु कर्जा सम्बन्धी फोकल डेस्कको स्थापना हुने व्यवस्था वास्तविक कृषि व्यवसायीलाई २० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्थाले लघु, घरेलु तथा साना उद्योगको क्षेत्रलाई सकारात्मक आशा जगाएको हुँदा ती व्यवस्थाहरु मौद्रिक नीतिका राम्रा पक्षहरु भएको महासंघले जनाएको छ।


प्रकाशित : मंगलबार, भदौ १ २०७८०५:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend