सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अप्रशोधित तेलको आयातमा कर घटायो भारतले, नेपालबाट निर्यात हुने तयारी तेललाई धक्का  

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २९ २०७८
अप्रशोधित तेलको आयातमा कर घटायो भारतले, नेपालबाट निर्यात हुने तयारी तेललाई धक्का  

उपभोक्ता मूल्य सस्तो बनाउनका लागि भन्दै भारत सरकारले सो कर घटाएको बताएको छ। 

काठमाडौं- खाने तेलको उपभोक्ता मूल्यवृद्धि अनियन्त्रित हुँदै गएपछि भारत सरकारले अप्रशोधित तेलको आयातमा लाग्ने कर घटाएको छ। 

चाडपर्वको अवसरमा खाने तेलको मूल्य अझै उकालो लाग्दै गएपछि भारत सरकारले देशमै प्रसोधन गर्ने उद्योगहरूले विदेशबाट ल्याउने अप्रशोधित तेलमा लाग्दै आएको भन्सार शुल्क लगायतका कर घटाइदिएको हो। 

उपभोक्ता मूल्य सस्तो बनाउनका लागि भन्दै भारत सरकारले सो कर घटाएको बताएको छ। 

सूर्यमुखी र भटमासको अप्रशोधित तेलको ड्युटी २४.२७ बाट घटाएर ५.५ प्रतिशत बनाएको छ। त्यस्तै अप्रशोधित पाम तेलमा लाग्ने करलाई ८.२५ प्रतिशत बनाएको छ। 

तर यो छुट सुविधा आगामी छ महिनाका लागिमात्र हो। ३१ मार्च २०२२ पछि भने फेरि पुरानै करको दर लागू हुने छ। 

भारतमा प्रशोधन नभएको तेलमा उच्च आयात कर रहेकाले नेपालबाट तेल निर्यात हुँदै आएको थियो। नेपालमा अप्रशोधित करमा थोरै कर लाग्दै आएको छ। सोही कारणले गर्दा नेपालबाट तयारी तेलको निर्यातमा उछाल आएको थियो। 

तर अब भारतमै क्रुड आयलको आयात सस्तो हुने र सोही कारणले नेपालबाट निर्यात हुने तेल महँगो पर्नसक्छ। 


प्रकाशित : शुक्रबार, असोज २९ २०७८०२:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend