सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

गाउँपालिकाको प्रशासकीय भवन बनाउन ६ करोड खर्च, फर्निचरलाई २ करोड बजेट

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २८ २०७८
गाउँपालिकाको प्रशासकीय भवन बनाउन ६ करोड खर्च, फर्निचरलाई २ करोड बजेट

भवनमा ३९ कोठा छन्। तीन तलाको भवनमा लिफ्टको पनि सुविधा हुने छ। २ सय जना अट्ने क्षमताको हल पनि हुने गाउँपालिकाले जानकारी दिएको छ। 

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ करोडबढीको लागतमा  प्रशासनिक भवन निर्माणले बनाएको छ। 

गाउँपालिकाले ६ करोड ६२ लाख लागतमा उक्त भवन निर्माण गरेको हो। १० रोपनी क्षेत्रफलमा  उक्त भवन निर्माण भएको हो। 

गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटन(साहुथर)मा निर्माण भएको उक्त भवनको फिनिसिङकोमात्र काम बाँकी रहेको गाउँपालिकाका सवइन्जिीनियर राजेन्द्र गौतमले जानकारी दिए। 

आगामी मंसिर महिनाभित्रमा सम्पूर्ण काम सकेर हस्तान्तरण गरिने लक्षय रहेको उनको भनाइ छ। 

भवनमा ३९ कोठा छन्। तीन तलाको भवनमा लिफ्टको पनि सुविधा हुने छ। २ सय जना अट्ने क्षमताको हल पनि हुने गाउँपालिकाले जानकारी दिएको छ। 

उक्त भवनमा फर्निचर लगायतका सुविधाका लागि करिब २ करोड बजेट विनियोजन भएको छ। रासस

प्रकाशित : बिहीबार , असोज २८ २०७८०८:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend