सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

चीनले प्रतिबन्ध लगाएपछि अमेरिका बन्यो संसारकै ठूलो बिटक्वाइन माइनिङ गर्ने देश 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २८ २०७८
चीनले प्रतिबन्ध लगाएपछि अमेरिका बन्यो संसारकै ठूलो बिटक्वाइन माइनिङ गर्ने देश 

उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अगष्ट अन्तिमसम्म अमेरिकामा ३५.४ प्रतिशत मानइनिङ हुने गरेको छ। अमेरिकालाई काजकस्तान, रसियाले पछ्याइरहेका छन्। 

काठमाडौं- चीनले क्रिप्टवकरेन्सीको कारोबार, लगानी तथा माइनिङमाथि प्रतिबन्ध लगाएछि अमेरिका संसारकै ठूलव बिटक्वाइन माइनिङ हुने देश बनेको छ। 

बेलायतको क्याम्ब्रिज सेन्टर फर अल्टरनेटिभ फाइनान्सले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिका संसारकै ठूलो बिटक्वाइन माइनिङ हुने देश बनेको हो। 

सन् २०२१ को मे मा चीनले बिटक्वाइन माइनिङमाथिक कडाइ गर्ने निर्णय गरेको थियो। पछिल्लो समय त्यसलाई चीन सरकारले कडाइका साथ लागू गर्दै प्रतिबन्ध लगाएको थियो। चीन सरकारको सो निर्णयसँगै मानइरहरु कि विदेशिएका थिए कि बन्द गरेर बसेका थिए। मेमा संसारकै ४० प्रतिशत माइनिङ चीनमा हुन्थ्यो भने जुलाइमा आउँदा त्यो शून्य प्रतिशतमा झरेको उक्त तथ्यांकले देखाएको छ। 

चिनियाँ माइनरहरु उत्तरी अमेरिका, सेन्ट्रल एसियातिर सिफ्ट भएको हुनसक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। 

उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अगष्ट अन्तिमसम्म अमेरिकामा ३५.४ प्रतिशत मानइनिङ हुने गरेको छ। अमेरिकालाई काजकस्तान, रसियाले पछ्याइरहेका छन्। 

जटिल गणितीय सूत्रलाई समाधान गरेर माइनिङ हुने बिटक्वाइ संसारभर उच्च क्षमतायुक्त कम्प्युटरको सञ्जालबाट सञ्चालन हुन्छ। 

 


प्रकाशित : बिहीबार , असोज २८ २०७८०६:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend