शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

कडकनाथ पालेर मनग्य आम्दानी

images
बिजनेस न्युज
images
images
कडकनाथ पालेर मनग्य आम्दानी

अमर भूमण्डली बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर जिल्लामा नै पहिलो पटक व्यावसायिक कडकनाथ पाल्न सुरु गरेका उनले मासु र अण्डा उत्पादनका साथै चल्ला बिक्री वितरण गर्ने उद्देश्यले सो व्यवसाय थालनी गरेको बताए। 

images
images

बनेपा- व्यावसायिकरूपले कडकनाथ पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आएका छन्।  हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा टिपेर व्यवस्थापनमै उनको दिन बित्दै आएको छ ।

images
images
images

विष्टको फार्ममा दैनिक २०० अण्डा उत्पादन भइरहेको छ । त्यसबाट  हप्तामा करिब एक हजार चल्ला उत्पादन हुने र त्यसलाई प्रतिचल्ला  २०० रुपैयाँका दरले बिक्री हुँदै आएको छ । 'यो जातको कुखुरामा प्रोटिन बढी हुने, चिल्लो नहुने र शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले बजारमा माग धेरै बढेको छ ।  अब जिल्लाभर कडकनाथलाई विस्तार  गर्ने योजनामा छु' उनले भने,'पहिलोपटक भएकाले परीक्षणको रुपमा गरिएको र  अब बृहत्रुपमा गर्दैछु।'

images

 यसअघि बजारमा चल्ला बिक्री भइसकेको,  मासुका लागि बजारमा  तीन हजारदेखि तीन हजार ५०० सम्ममा कुखुरा बिक्री हुने गरेको र भाले कुखुरा भने फार्मबाटै उहाँले प्रतिगोटा  दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री हुँदै आएको छ । व्यक्तिगत सम्बन्धदेखि सामाजिक सञ्जालमार्फत पनि  कडकनाथ विक्री भइरहेको व्यवसायी विष्टले बताए। 

images

अमर भूमण्डली बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर जिल्लामा नै पहिलो पटक व्यावसायिक कडकनाथ पाल्न सुरु गरेका उनले मासु र अण्डा उत्पादनका साथै चल्ला बिक्री वितरण गर्ने उद्देश्यले सो व्यवसाय थालनी गरेको बताए। 

images
images

फार्ममा अहिले ६०० मलेसियन कडकनाथ जातको कालो कुखुराका साथै ब्रोइलर कुखुरा, बाख्रा र गाईसमेत पालिएको छ । अहिले फार्ममा ५०० कुखुरा  छन् । आठ महिना अगाडि चितवनबाट चल्ला ल्याएर पाल्न थालिएकामा  अहिले अण्डा उत्पादन गरी त्यसबाट चल्ला निकालेर बिक्री गर्ने तयारीमा रहेको व्यवसयी विष्टको भनाइ थियो

नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्लाको सचिवालय सदस्यसमेत रहेका उनी पार्टी राजनीतिमा पनि सक्रिय रहनाका साथै व्यवसायलाई पनि उत्तिकै समय दिँदै आएका छन्। 

 

images

प्रकाशित : बिहीबार , असोज २८ २०७८०४:५६
प्रतिक्रिया दिनुहोस