सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

खोटाङको सिम्पानीमा २४ लाख खर्चमा बन्यो लोहोकिल पार्क

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २८ २०७८
खोटाङको सिम्पानीमा २४ लाख खर्चमा बन्यो लोहोकिल पार्क

विसं २०१६ मा बनाइएको पुरानो पोखरी सिम्पानी बजार विस्तारका क्रममा पुरिएपछि सोही ठाउँमा पार्क बनाइएको गाउँपालिकाका प्रमुख प्रदीपकुमार राईले बताए। 

खोटाङ- खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा लोहोकिल पार्क निर्माण गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाको बजेट तथा उपभोक्ता समितिको श्रमदान गरी  २४ लाख २९ हजार रुपैयाँ लागतमा पार्क निर्माण गरिएको हो ।

विसं २०१६ मा बनाइएको पुरानो पोखरी सिम्पानी बजार विस्तारका क्रममा पुरिएपछि सोही ठाउँमा पार्क बनाइएको गाउँपालिकाका प्रमुख प्रदीपकुमार राईले बताए। 

'सिम्पानीमा बजार विस्तारका क्रममा पुरानो पोखरी पुरिनाका साथै पोखरीछेउको जोडी बरपीपलको ठूलो रुख ढालिएको थियो' उनले  भने 'ऐतिहासिकस्थलको रुपमा रहेको लोहकिलमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पुरिएको पोखरीलाई पुनर्जिवन दिन बीचमा राखिएको ढुङ्गाको आकृतिबाट पानीको फोहरा निस्कने पोखरीसहितको पार्क बनाइएको छ।'

ऐतिहासिक तथा व्यापारिक केन्द्र सिम्पानी बजारको सौन्दर्य बढाउँदै  पर्यटकलाई आकर्षण गराउने र घुमफिर गर्नाका लागि पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पार्क निर्माणका क्रममा स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमबाट विनियोजित १४ लाख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रोजगार कार्यक्रमको  सात लाख ५० हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए।

यसैगरी उपभोक्ता समितिबाट  दुई लाख ५० हजार ५८१ बराबरको श्रमदान जुटाइएको थियो । रासस


प्रकाशित : बिहीबार , असोज २८ २०७८०३:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend