सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

'होन्डाजेट-२६००' कन्सेप्ट सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २७ २०७८
'होन्डाजेट-२६००' कन्सेप्ट सार्वजनिक

यसको डिजाइनअनुसार जहाजमा १० जनासम्म यात्रु र दुईजना पाइलट हुनेछन्। 

काठमाडौं- जापनिज अटोमेकर कम्पनी होन्डाले नयाँ बिजनेस जेट जहाजको कन्सेप्ट सार्वजनिक गरेको छ।  होन्डाजेट-२६०० लामो दूरीका लागि डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ। 

hjet1.jpg

बिजनेस ट्राभलका लागि नयाँ आश्यकताका आधारमा जहाजको डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ। 

अन्तर महादेशीय यात्राका लागि पनि उपयुक्त हुने जेट जहाजका रुपमा यसलाई विकास गरिने कम्पनीले बताएको छ। hjet4.jpgहोन्डाजेट एचए-४२० कै विकसित भर्सनका रुपमा नयाँ जेटको डिजाइन गरिएको डिजाइनर तथा संस्थापक मिचिमासा फुजीनोले बताएका छन्। 

Hjet.jpg

'हामी सचेत हुन आवश्यक छ कि नयाँ प्रकारको जहाज भिन्न बजार सेग्मेन्टमा आधारित हुनुपर्छ। यतिबेलाको उड्डयन उद्योगको व्यापारमा द्रुत अन्तरदेशीय यात्रा तथा यात्रुलोड धेरै धान्नेखालको चाहिन्छ। योसँगै न्यून कार्बन उत्सर्जन पनि अर्को आवश्यकता हो' उनलाई उद्धृत गर्दै एभिएसन विकले लेखेको छ। 

hjet2.jpg

यसको डिजाइनअनुसार जहाजमा १० जनासम्म यात्रु र दुईजना पाइलट हुनेछन्। 

यो बिजनेस जेटको लम्बाइ ५७.८ फिट हुने छन। होन्डाको एचए-४२० को लम्बाई जम्मा ४२.६ फिट छ। यो जेट ४७ हजार फिटसम्म उडान लिनसक्ने छ। 

hjet3.jpg


प्रकाशित : बुधबार, असोज २७ २०७८२०:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend