सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टाटा इभीको १५ प्रतिशत सेयर टीपीजी फन्डले किन्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २७ २०७८
टाटा इभीको १५ प्रतिशत सेयर टीपीजी फन्डले किन्यो

भारतीय बजारमा विद्युतीय गाडीको माग बढ्दै गएको छ। विश्वविख्यात इभी ब्रान्ड टेस्लाले भारतीय बजारमा आँखा लगाएको छ। 

काठमाडौं- भारतीय अटोमोबाइल निर्माता टाटा मोटर्सको विद्युतीय गाडी निर्माण युनिटको १५ प्रतिशत सेयर प्राइभेट इक्विटी फन्ड टीपीजी राइजले खरिद गर्ने भएको छ। 

७५ अर्ब भारुमा उक्त सेयर खरिद गर्ने सम्झौता भएको समाचारहरू प्रकाशित भएका छन्। टाटाले विद्युतीय सवारीसाधनको निर्माण तथा इकोसिस्टममा लगानी गर्नका लागि छुट्टै कम्पनी बनाएको छ। 

९ अर्ब अमेरिकी डलरको उक्त कम्पनीमा अमेरिकन कम्पनी टीपीजीको प्रवेश निश्चित भएसँगै टाटाको सेयर मूल्यमा उछाल आएको छ। पछिल्लो तीन दिनमै टाटाको सेयर मूल्य २४ प्रतिशतले बढेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। 

भारतीय बजारमा विद्युतीय गाडीको माग बढ्दै गएको छ। विश्वविख्यात इभी ब्रान्ड टेस्लाले भारतीय बजारमा आँखा लगाएको छ। 

टाटाले पछिल्लो समय ल्याएको नेक्सन इभीले भारतीय बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ। टाटाले विद्युतीय गाडीसँगै चार्जिङ स्टेसन लगायतका पूर्वाधारमा पनि लगानी बढाउन खोजेको छ। 


प्रकाशित : बुधबार, असोज २७ २०७८०९:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend