शुक्रबार, जेठ ४ गते २०८१    
images
images

यात्रुले विदेशबाट एकभन्दा बढी मोबाइल ल्याएमा कर लगाउन कसले सुरु गरेको थियो?

एक वर्षमै विदेशबाट नेपाल फर्कनेले ल्याएको १५ हजारभन्दा बढी मोबाइलमा लगाइएको थियो १६ प्रतिशत कर

images
बुधबार, पुस १३ २०७९
images
images
यात्रुले विदेशबाट एकभन्दा बढी मोबाइल ल्याएमा कर लगाउन कसले सुरु गरेको थियो?

व्यवसायीहरूले २०७७ जेठ १५ गते  प्रकाशित राजपत्रलाई आधार बनाउँदै मोबाइलमा कडाइ गर्न दबाब दिइरहेका थिए।

images
images

काठमाडौं- विदेशबाट फर्किने नेपालीहरूले ल्याउने मोबाइलको आयातमा कडाइ गरिएको छ। गएको एक वर्षदेखि विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलमा गरिएको कडाइ अझै कसिलो हुने भएको छ। 

images
images
images

नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागु गरेपछि अबदेखि प्रत्येकले आफूले चलाइरहेको मोबाइलको पनि प्रज्ञापनपत्र भर्नुपर्ने भएको छ। 

images

पुस १५ देखि कागजी झन्झट थपिने भएपनि करमा भने यसअघि नै कडाइ गरिएको थियो। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले विदेशबाट फर्किने यात्रुले ल्याउने उपहारको एउटा मोबाइलमा पनि कर लगाएका थिए। 

images
images

विदेशबाट आउने यात्रुले मोबाइल ल्याउँदा नेपालमा आफ्नो ब्यापार घटेको महसुस गरेका मोबाइल वितरकले पछिल्लो समय यात्रुसँग मोबाइल ल्याउन प्रतिबन्ध लगाउन लविङ गरेका थिए। 

images
images

२०७८ असारमा सर्वोच्चको परमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री भए।

शर्मा अर्थमन्त्री भएसँगै मोबाइल आयातकर्ता तथा वितरकहरूले बारम्बार शर्मालाई विदेशबाट आउनले ल्याउने मोबाइलमा कडाइ गर्न दबाब दिन थाले। मुख्य व्यवसायी दीपक मल्होत्रा लगायतका ग्रुपले एमडीएमस प्रणाली लागु गर्दै विदेशबाट नेपाल फर्कंदा यात्रुले साथमा ल्याउने मोबाइलमा कडाइ गर्न मन्त्री शर्मालाई दबाब दिइरहे।

व्यवसायीहरूले २०७७ जेठ १५ गते  प्रकाशित राजपत्रलाई आधार बनाउँदै मोबाइलमा कडाइ गर्न दबाब दिइरहेका थिए।

२०७७ जेठ  १५ गते प्रकाशित राजपत्रमा एक थान प्रयोग गरिरहेको वा नयाँ जे ल्याउँदा पनि भन्सार छुट पाउने व्यवस्था गरिएको थियो। तर दुई थान साथमा भएको अवस्थामा भने एउटाको भन्सार दाखिला गर्नु पर्ने बनाइएको थियो। कुनै यात्रुले आफ्नो साथमा एउटा प्रयोग भइरहेको पुरानो मोबाइल र अर्को एउटा नयाँ  मोबाइल ल्याएको छ भने उसले नयाँको भन्सार छुट लिएर पुरानोको भन्सार तिर्न पाउने व्यवस्था गरिएको थियो।

भन्सारका कर्मचारीले भने कानूनी रुपमा जे भएपनि एक थान पुरानो र एक थान नयाँ मोबाइल ल्याउँदा भन्सार छुट दिँदै आएका थिए। यो  छुट पनि सूचनामै उल्लेखित व्यवस्थाअनुसार थियो। कुनै पनि यात्रुले एक थान मात्र मोबाइल ल्याउन पाउने भएपनि यसमा यात्रुको अवस्था, परिवार संख्या लगायत हेरि भन्सार अधिकृतले थप एउटा मोबाइलमा भन्सार छुट दिनसक्ने उल्लेखित छ।

यही व्यवस्थामा टेक्दै व्यवहारिक रुपमा भन्सारबाट यात्रुले सामान्यतया दुईवटा मोबाइल ल्याइरहेका थिए छुटमा। एउटा चलाइरहेको र अर्को नयाँ मोबाइल। तर अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीको आर्थिक प्रलोभन र दबाबमा पुरानो तथा नयाँ जे भए पनि एउटा मोबाइलमा मात्रै भन्सार छुट दिनु र अर्को थपमा भन्सार तिराउने निर्देशन भएपछि सोहीअनुसार भएको थियो। विमानस्थल भन्सारले २०७८ को पुस/माघदेखि कानून कार्यान्वयन भन्दै कडाइ गरेका थियो।

आर्थिक वर्ष २०७८/०७९ सम्म सम्रगमा १६ प्रतिशत कर लगाइएको थियो भने अहिले यो बढेर २० प्रतिशत पुगेको छ।

विदेशबाट आउनेको साथमा रहेको मोबाइल तथा ल्यापटपमा कडाइ गर्दै विमानस्थल भन्सार कार्यालयले २०७८/०७९ मा मात्रै १५ हजार ३ सय ७८ थान मोबाइल कानूनले तोकेको भन्दा बढी ल्याएको भन्दै भन्सार तिराएको थियो।

विमानस्थल भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा विमानस्थल हुँदै १४ लाख ७५ हजार ८५ थान मोबाइल नेपाल (भन्सार दाखिला भएको मोबाइल संख्या) भित्रिएको थियो। जसमा विदेशबाट फर्कने यात्रुले १५ हजार ३ सय ७८ थान मोबाइल कानूनले तोकेको भन्दा बढी ल्याएको कार्यालयको भनाइ छ। यसैगरी व्यवसायिक प्रयोजनका लागि विमानस्थल हुँदै आएको मोबाइल संख्या  १४ लाख ५९ हजार ७ सय ७ थान रहेको थियो।

विमानस्थल कार्यालयका अनुसार यसरी आएको मोबाइलको भ्यालु २१ अर्ब ४९ करोड ९० लाख २० हजार १ सय ६३ रुपैयाँ रहेको थियो। यसरी आएको मोबाइलबाट विमानस्थल भन्सार कार्यालयले ३ अर्ब ४५ करोड ३ लाख ३० हजार ४ सय २८ रुपैयाँ राजस्व संकलन गरेको थियो।

भन्सार कार्यालयका अनुसार व्यक्तिले ल्याएको मोबाइलको भ्यालु ७८ करोड ८१ लाख ९५ हजार ६ सय १६ रुपैयाँ रहेको छ। व्यक्तिले कानून विपरित ल्याएको मोबाइल नियन्त्रणमा लिँदै कार्यालयले १३ करोड २४ लाख  १२ हजार १ सय ८८ रुपैयाँ राजस्व तिराएको थियो।

यसैगरी व्यवसायिक प्रयोजनका लागि आएका मोबाइलको भ्यालु २० अर्ब ७० करोड ८ लाख २४ हजार ५ सय ४७ रुपैयाँ रहेको छ। यसबाट विमानस्थल भन्सार कार्यालयले ३ अर्ब ३१ करोड ७९ लाख १८ हजार २ सय ४० रुपैयाँ राजस्व संकलन गरेको थियो।

तर अहिले भने यात्रुले एउटाभन्दा बढी ल्याएको मोबाइलमा ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट तिर्नु पर्नेछ। विदेशमा १ लाख रुपैयाँ हालेर मोबाइल किनको छ भने उसले १८  हजार ६ सय ५० रुपैयाँ राजस्व तिर्नुपर्छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रेमिट्यान्सले चलेको अर्थतन्त्रमा त्यस्तै यात्रुले स्वदेश फर्किँदा आफ्ना प्रियजनाका लागि एउटा मोबाइल उपमहार ल्याउँदा पनि कर तिराउँदै आएको छ। एमडीएमएसको नाममा अबदेखि तीनवटा मोबाइल ल्याएमा एउटा जफत हुने भएको छ। 

यो व्यवस्थाले मोबाइलका व्यापारीलाई फाइदा हुने भएको छ। 

यो पनि पढ्नु होस्

विदेशबाट नेपाल फर्कँदा यात्रुले ल्याउने मोबाइलमा कडाइ, एकभन्दा बढी ल्याएमा १६ प्रतिशतसम्म कर विदेशबाट नेपाल फर्कँदा यात्रुले ल्याउने मोबाइलमा कडाइ, एकभन्दा बढी ल्याएमा १६ प्रतिशतसम्म कर

एकभन्दा बढी मोबाइल ल्याउनेलाई भन्सारको रसिद, १५ हजारबढी मोबाइल करको दायरामा एकभन्दा बढी मोबाइल ल्याउनेलाई भन्सारको रसिद, १५ हजारबढी मोबाइल करको दायरामा

 


प्रकाशित : बुधबार, पुस १३ २०७९०४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend