सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

काठमाडौंमा खसीबोका बिक्री घट्यो 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २७ २०७८
काठमाडौंमा खसीबोका बिक्री घट्यो 

त्यस्तै धादिङबाट खसिबोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आएका परशुराम चापागाँईले पनि गत वर्षको जस्तो व्यापार नरहेको बताए। उनले यस पटक खसी किनेको परलमोल नै उठाउ हम्मेहम्मे परेको गुनासो गरे। 

काठमाडौं- काठमाडौं उपत्यकामा खसीबोका बिक्री सुस्ताएको व्यापारीहरूले गुनासो गरेका छन् ।

कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाए,  धेरै मानिस दसैँ मनाउन गाउँ गएकोले काठमाडौंमा खसिबोका व्यापार कम भएको उनीहरूको बुझाइ छ। 

काठमाण्डौका स्थानीय व्यापारीहरूको राम्रो कारोबार भएपनि बाहिरबाट खसिबोका लिएर आउने व्यापारीहरूले परलमोल नै  उठाउन नसकेको गुनासो गरेका छन् । काभ्रेबाट खसिबोका बिक्री गर्न भन्दै बबरमहलमा आएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार हुन नसकेको बताए। 

गत वर्ष ३ सय खसिबोका ल्याउँदा फूलपातीकै दिन बेचेर जाने गरेको बताउँदै उनले यो वर्ष अझै सय वटा बोका बेच्न बाँकी रहेको बताए। 

'यस वर्ष पोहोरको तुलनामा आधा पनि व्यापार भएको छैन, सबै जना गाउँ गएको हो कि, खाने मान्छे नै नभएको हो कि ? महंगोले पनि होला, मैले साढे तीनसय ल्याएको थिएँ, अझै १ सय वटा बाँकी छ, पोहोर फूलपातीकै दिन सकाएर जान्थ्यौँ, यसपालि सय वटा बाँकी नै छ, मैले ६ सयदेखि ६५० सम्ममा बिक्री वितरण गरिरहेको छु' उनले भने। 

त्यस्तै धादिङबाट खसिबोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आएका परशुराम चापागाँईले पनि गत वर्षको जस्तो व्यापार नरहेको बताए। उनले यस पटक खसी किनेको परलमोल नै उठाउ हम्मेहम्मे परेको गुनासो गरे। 

'पहिला महँगो भयो, अहिले आएर घट्यो, त्यसैले यताका व्यापारीहरू सबै गाउँमा पसे, गाउँमा ६५० भयो, व्यापारीहरूमाझ  प्रतिष्पर्धा भयो, पोहोर आजका दिनसम्म खसी किन्नेहरुले झम्टिएर लैजान आइपुग्थे यस वर्ष त्यति व्यापार हुन सकिरहेको छैन, अहिले २२, २५ हजारको खसिलाई १४ हजार दिन आउँछन्, हामीले साउँसम्म उठाउन पाए हुन्थ्यो भनेर बेचिरहेका छौँ, खोरमा हरायो भने पनि केही पैसा नपाउने रहेछ, आफैँ चिनेर लैजानुस् भन्ने, कहाँ खोज्न जानु ? हराएपछि आफैँलाई घाटा छ । ३५,४० वटा बेचीसक्यौँ, अब १०,१५ वटा बाँकी छ, कोरोनाले असर गरेको छ, व्यापारीहरूलाई त छँदैछ, ग्राहकहरूसँग पनि पैसा कमाएका छैन, अनि कसरी खसी किन्नु' उनले भने। 


प्रकाशित : बुधबार, असोज २७ २०७८०८:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend