सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अर्को बैंकको एटीएमबाट पैसा झिक्दा कति शुल्क लाग्छ?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २७ २०७८
अर्को बैंकको एटीएमबाट पैसा झिक्दा कति शुल्क लाग्छ?

यस्तोमा अर्कै बैंकको एटीएम प्रयोग गर्दा शुल्क लाग्छ कि लाग्दैन? लाग्छ भने कति लाग्छ? 

काठमाडौं- दसैँको बिदा सुरु भइसकेको छ। यस्तो समयम खर्च गर्नैपर्ने हुनसक्छ तर बैंकका अधिकांश साखा बन्द भएका छन्। यस्तो अवस्थामा एटीएम कार्ड भएको बैंकको एटीएम नभएर अरु नै बैंकको एटीएम प्रयोग गर्नुपर्ने अवस्था आउनसक्छ

यस्तोमा अर्कै बैंकको एटीएम प्रयोग गर्दा शुल्क लाग्छ कि लाग्दैन? लाग्छ भने कति लाग्छ? 

नेपाल राष्ट्र बैंकका अनुसार कुनै पनि बैंकको कार्ड अर्को बैंकको एटीएम प्रयोग गरी पैसा निकाल्दा महिनामा दुई पटकसम्म शुल्क लाग्दैन। अर्थात् दुईपटकसम्म आफ्नै बैंकको एटीएम जस्तै पैसा निकाल्न पाइन्छ। 

तर त्यसभन्दा बढी कारोबार भएमा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन्छन्। प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क भने लिन पाइँदैन। 


प्रकाशित : बुधबार, असोज २७ २०७८०६:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend