सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

चीनको वैदेशिक व्यापार २२ प्रतिशतले बढ्यो 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २७ २०७८
चीनको वैदेशिक व्यापार २२ प्रतिशतले बढ्यो 

काठमाडौं- यो वर्षको नौ महिनामा चीनको वैदेशिक व्यपारमा २२ प्रतिशतको वृद्धि देखिएको छ। 

चिनियाँ भन्सारले सार्वजनिक गरेको व्यापारको तथ्यांकअनुसार चालु वर्षको नौ महिनामा २२.७ प्रतिशतले व्यापार बढेको हो। 

चीनको वैदेशिक व्यापार नौ महिनामा ४.४ ट्रिलियन पुगेको छ। 

सन् २०२० को तुलनामा यो वर्ष निर्यात २२.७ र आयात २२.६ प्रतिशतले बढेको चिनियाँ भन्सारले जानकारी दिएको छ।

यद्यपी पछिल्लो समय देखिएको उर्जा संकटले चीनको वैदेशिक व्यापार प्रभावित हुनसक्ने देखिएको छ। उर्ज संकटका कारण उत्पादन घटेको छ भने आपूर्तिमा पनि समस्या देखिएको छ। 

चीनको उत्पादनमा गिरावट आएसँगै विश्वव्यापी उत्पादन तथा व्यापार प्रभावित हुन्छ।  

धेरैले अनुमान गरेभन्दा चीनको वैदेशिक व्यापार वृद्धि भएको छ। कोरोना महामारीका कारणले उत्पन्न अवरोध तथा पछिल्लो समयको उर्जा संकटले चीनको व्यापारको वृद्धिदर सुस्त हुने अनुमान गरिएको थियो। 

पछिल्लो समय गरिएका धेरै विश्लेषण तथा अनुमान विपरीत चीनको व्यापारमा राम्रो वृद्धि देखिएको छ। 


प्रकाशित : बुधबार, असोज २७ २०७८०२:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend