शनिबार, वैशाख १५ गते २०८१    
images
images

नारायणगढ–बुटवाल सडकखण्डमा धमाधम बिजुलीको पोल हटाइँदै

images
बिजनेस न्युज
images
images
नारायणगढ–बुटवाल सडकखण्डमा धमाधम बिजुलीको पोल हटाइँदै

राष्ट्रिय राजमार्गमध्ये बढी सवारी चाप रहेको पूर्वपश्चिम राजमार्गको सो खण्डमा अहिलेसम्म न्यून मात्रै भौतिक प्रगति छ । केही दिन पहिलेसम्म सडकमा विद्युत्को पोल स्थानान्तरण भइरहेको थियो । दसैँलगत्तै त्यसले निरन्तरता पाउने उनले बताए। 

images
images

काठमाडौं- नारायणगढ–बुटवल सडक निर्माण खण्डमा रहेक बिजुलीका पोल हटाउने काम धमाधम भइरहेको छ। निर्माण कार्यमा ढिलाइ हुनको कारण पोल नहट्नुलाई अधिकारीहरुले बताउँदै आएका थिए। 

images
images
images

अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा अबको छ महिनामा ३० प्रतिशत प्रगति हुने अपेक्षा गरिएको छ । काम नियमित हुँदा पनि एक वर्ष मात्रै अवधि बाँकी भएकाले ठेक्का अवधिभित्र सकिने देखिँदैन । अहिलेको कामको गति हेर्दा एक वर्ष अवधि थप्दा ८० देखि ९० प्रतिशतसम्म प्रगति हुने देखिएको बुटवाल–नारायणगढ सडक आयोजनाका प्रमुख रमेशकुमार दृष्टिले जानकारी दिए। 

images

राष्ट्रिय राजमार्गमध्ये बढी सवारी चाप रहेको पूर्वपश्चिम राजमार्गको सो खण्डमा अहिलेसम्म न्यून मात्रै भौतिक प्रगति छ । केही दिन पहिलेसम्म सडकमा विद्युत्को पोल स्थानान्तरण भइरहेको थियो । दसैँलगत्तै त्यसले निरन्तरता पाउने उनले बताए। 

images

'सडक विस्तार गर्दा सबैभन्दा ठूलो अवरोध नै विद्युत्को पोल हा, त्यो हटाइसकेपछि कामले गति लिनेछ' उनले भने। 

images
images

पुलको निर्माण सुरु गर्नका लागि त्यहाँ पोल स्थानान्तरण भइरहेको आयोजनाले जनाएको छ । सो खण्डमा खानेपानीको पाइपको अवरोध छैन भने रुख काट्ने ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । साढे तीन वर्ष अवधिमध्ये पहिले यहाँको संरचनाका कारण अवरोध पुगेको थियो भने झण्डै डेढ वर्षदेखि कोभिडका कारण नियमित काम हुन सकिरहेको छैन । अझै पनि कोभिडको सङ्क्रमण हटिनसकेकाले आगामी दिनमा नियमित काम गर्न सकिने हो होइन भन्ने अन्यौल रहेको प्रमुख दृष्टिले बताए। 
रासस

images

प्रकाशित : बुधबार, असोज २७ २०७८०२:१४
प्रतिक्रिया दिनुहोस