शनिबार, वैशाख १५ गते २०८१    
images
images

पोखराका व्यस्त चोकमा 'हाइमास्ट लाइट' जडान हुँदै

images
बिजनेस न्युज
images
images
पोखराका व्यस्त चोकमा 'हाइमास्ट लाइट' जडान हुँदै
सांकेतिक तस्बिर।

स्मार्ट सडक बत्ती र 'हाइमास्ट लाइट' जडान तथा विस्तार गर्न सहमति भएर काम अगाडि बढाइएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए। 

images
images

काठमाडौं- भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकाका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त 'हाइमास्ट लाइट' जडान गरिने भएको छ ।

images
images
images

महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पर्यटकीय सहर  पोखरालाई उज्यालो सहरका रुपममा विकास गर्न बत्ती जडान गर्न लागिएको हो ।  'हाइमास्ट लाइट'ले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै रातिको समयमा यात्रा गर्ने सवारी चालक तथा पैदलयात्रीलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ । 

images

स्मार्ट सडक बत्ती र 'हाइमास्ट लाइट' जडान तथा विस्तार गर्न सहमति भएर काम अगाडि बढाइएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए। 

images

उनका अनुसार महानगरपालिकाले नगरभित्रको ८० किमी क्षेत्रभित्र सडक बत्ती जडान र पोखराका व्यस्त ३० वटा चोकमा 'हाइमास्ट लाइट' जडान गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार गरेको थियो ।

images
images

महानगर र विद्युत् प्राधिकरणबीच 'हाइमास्ट लाइट' जडानका लागि सहमति भएपछि प्राधिकरणको तर्फबाट  १२ करोड ७५ लाख ८९ हजार रुपैयाँ बजेट स्वीकृत भएर बोलपत्र आह्वानलगायतका काम अघि बढेको थियो । 

'प्राधिकरणसँगको सहकार्यमा पोखरा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती राख्नका लागि कार्य अगाडि बढेको छ । सम्झौता अनुसार सो योजनाको लागतमा महानगरपालिका र प्राधिकरणको बराबर साझेदारी रहनेछ'प्रवक्ता नेपालीले भने। 

 

images

प्रकाशित : मंगलबार, असोज २६ २०७८०८:२२
प्रतिक्रिया दिनुहोस