सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

चारपाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २६ २०७८
चारपाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

उक्त नाकाबाट पछिल्लो दुई महिनायता विद्युतीय र विद्युतीय बाहेकका चारपाङ्ग्रे सवारीसाधन जीप, कार र भ्यानको आयात बढेको कार्यालयका प्रमुख डा लालबहादुर खत्रीले जानकारी दिए। 

वीरगञ्ज- दसैँ तिहार लगायतका चाडपर्वसँगै देशमा चारपाङ्ग्रे सवारीसाधन (जीप कार र भ्यान ) को आयात बढेको छ। 

गतवर्ष चाडपर्वमा  कोभिड–१९ को सङ्क्रमण कायमै थियो । अहिले कोभिड–१९ को प्रकोप सामान्य बन्दै गएको अवस्थामा चारपाङ्ग्रेको किनबेचले प्राथमिकता पाएको हो । 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चाडपर्व लक्षित गरी गत साउन र भदौमा कूल एक हजार ६७२ वटा सवारी साधन उक्त नाका हुँदै आयात भएको देखिन्छ । सो अवधिमा चारपाङ्ग्रे सवारीसाधन आयातबाट कूल  पाँच अर्ब २२ करोड  ७२ लाख ६१ हजार बराबरको राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए। 

यसैगरी वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विशेष गरी रेलमार्गको बाटोहुँदै भारतलगायत विभिन्न मुलुकबाट चाडपर्व लक्षित गरी चारपाङ्ग्रे सवारीसाधनको आयात बढेको पाइएको छ । 

उक्त नाकाबाट पछिल्लो दुई महिनायता विद्युतीय र विद्युतीय बाहेकका चारपाङ्ग्रे सवारीसाधन जीप, कार र भ्यानको आयात बढेको कार्यालयका प्रमुख डा लालबहादुर खत्रीले जानकारी दिए। 

कार्यालयका अनुसार साउन र भदौमा २०५ वटा सवारीसाधन नेपाल भित्रिएको देखिन्छ । 


प्रकाशित : मंगलबार, असोज २६ २०७८०८:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend