सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बुटवल पावरले बनायो सातौँ सहायक कम्पनी, मनाङमा १३९ मेगावाटको विद्युत आयोजना बनाउने 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २६ २०७८
बुटवल पावरले बनायो सातौँ सहायक कम्पनी, मनाङमा १३९ मेगावाटको विद्युत आयोजना बनाउने 

१३९ मेगावाट क्षमताको लोअर मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि कम्पनीले  ३३ अर्ब खर्च हुने  प्रक्षेपन गरेको छ। 

काठमाडौं- बुटवल पावर कम्पनी लिमिटेडले सातौँ कम्पनी दर्ता गरेको छ। देशका विभिन्न ठाउँमा बिजुली उत्पादन गर्न सहायक कम्पनी बनाइरहेको बुटवल पावरले सातौँ सहायक कम्पनी दर्ता गरेको छ। 

कम्पनीले सातौँ सहायक कम्पनीका रुपमा लोअर मनाङ मर्स्याङ्दी हाइड्रो इलेक्ट्रीसिटी कम्पनी दर्ता गरेको छ। 

१३९ मेगावाट क्षमताको लोअर मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि कम्पनीले  ३३ अर्ब खर्च हुने  प्रक्षेपन गरेको छ। 

कम्पनीले यसअघि नै न्यादी हाइड्रोपावर, नेपाल हाइड्रो एण्ड इलेक्ट्रिसिटी लिमिटेड, खुँदी हाइड्रोपावर लिमिटेड, कावेल ए हाइड्रो परियोजना सञ्चालन गरिरहेको छ। 

प्रकाशित : मंगलबार, असोज २६ २०७८०८:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend