सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बुद्ध एयरले घटायो 'डलर भाडादर'

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २६ २०७८
बुद्ध एयरले घटायो 'डलर भाडादर'

२४औं वार्षिकोत्सवको अवसरमा डलर भाडादर घटाइएको बुद्धले जानकारी दिएको छ। 

काठमाडौं- बुद्ध एयरले विदेशी पर्यटकका लागि निर्धारण गरेको डलर हवाइ भाडादर घटाएको छ। 

नेपाली र भारतीय बाहेकका यात्रुहरूले नेपालमा आन्तरिक उडान गर्दा अमेरिकी डलरमै भाडाको भुक्तानी गर्नुपर्ने व्यवस्था छ। यसमा एयरलाइन्सहरूले भाडा पनि डलरमै तोक्दै आएका छन्। 
यस्तो डलरमा लिइने भाडा नेपाली र भारतीय यात्रुको तुलनामा धेरै महँगो भएको भन्दै पर्यटन व्यवसायीले घटाउन माग गर्दै आएका थिए। 

२४औं वार्षिकोत्सवको अवसरमा डलर भाडादर घटाइएको बुद्धले जानकारी दिएको छ। 

एकतर्फी डलर भाडादर ( जनवरी २०२२ देखि लागू)

काठमाडौं - पोखरा    $६५
काठमाडौं - विराटनगर     $७६
काठमाडौं - जनकपुर    $४२
काठमाडौं - सिमरा    $३०
काठमाडौं - भैरहवा    $६५
काठमाडौं - धनगढी    $१३८
काठमाडौं - नेपालगञ्ज    $१०२
काठमाडौं - भद्रपुर    $९४


प्रकाशित : मंगलबार, असोज २६ २०७८०५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend