शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

एक वर्षमा ९३ कम्पनी कालो सूचीमा 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ३२ २०७८
एक वर्षमा ९३ कम्पनी कालो सूचीमा 

तोकिएको समयमा निर्माण तथा सप्लाइको काम नगर्ने ९३ कम्पनीलाई कालो सूचीमा राखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा यी कम्पनी कालो सूचीमा परेका हुन्। 

काठमाडौं- तोकिएको समयमा निर्माण तथा सप्लाइको काम नगर्ने ९३ कम्पनीलाई कालो सूचीमा राखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा यी कम्पनी कालो सूचीमा परेका हुन्। 

ठेक्का लगाउने कार्यालयले तोकिएको समयमा काम नगर्ने कम्पनीलाई कालो सूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखि पठाउने गरेको छ। सम्बन्धित कार्यालयको सिफारिसमा कार्यालयले निश्चित अवधिका लागि कालो सूचीमा राख्दै आएको छ। 

कालो सूचीमा परेका निर्माण तथा सप्लाइ कम्पनीले कालो सूचीमा रहुन्जेल सरकारी ठेक्का प्रक्रियामा सहभागी हुन पाउँदैनन्। १ वर्षको अवधिमा कालो सूचीमा पर्ने ९३ कम्पनी मध्ये अधिकांश निमार्ण कम्पनीहरु रहेका छन्। 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम खरिद अनुगमन कार्यालयले सूचना प्रकाशित गरेर कालो सूचीमा राख्दै आएको छ। कार्यालयले निर्माणको काम लगाउने निकायको सिफारिस अनुसार १ देखि २ वर्षसम्म कालो सूचीमा राख्दै आएको छ। यो अवधिमा कालो सूचीमा पर्ने कम्पनीमा पप्पु कन्स्ट्रक्सनसमेत रहेको छ।


प्रकाशित : सोमबार, साउन ३२ २०७८०६:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend