सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

तीन जनाले पाए अर्थशास्त्रतर्फको नोवेल पुरस्कार 

सोमबार, असोज २५ २०७८
तीन जनाले पाए अर्थशास्त्रतर्फको नोवेल पुरस्कार 

युनिभर्सिटी अफ क्यालिफोर्निया, फर्कलेका डेभिडले श्रम बजारमा न्यूनतम ज्याल, अध्यागमन र शिक्षाको प्रभावका बारेमा विश्लेषण गरेका थिए। डेभिडले पुरस्कारको आधा हिस्सा पाउने छन्।

काठमाडौं- सन् २०२१ को अर्थशास्त्रतर्फको नोवेल पुरस्कार तीन जना अर्थशास्त्रीले पाएका छन्। 

लेवर इकनोमिक्ससम्बन्धि अध्ययन तथा विश्लेषणमा योगदान गरेको भन्दै शाही स्विडिस एकेडेमीले अमेरिकी अर्थशास्त्री डेभिड कार्डलाई पुरस्कार दिने निर्णय गरेको छ। उनीसँगै जोशुवा एंग्रिस्ट र गुइडो इम्बेन्सलाई सन् २०२१ को पुरस्कार दिने निर्णय गरेको हो। 

युनिभर्सिटी अफ क्यालिफोर्निया, फर्कलेका डेभिडले श्रम बजारमा न्यूनतम ज्याल, अध्यागमन र शिक्षाको प्रभावका बारेमा विश्लेषण गरेका थिए। डेभिडले पुरस्कारको आधा हिस्सा पाउने छन्।

कार्डले न्यूतम ज्यलाका कारणले गर्दा रोजगारीम प्रभाव पार्छ कि पर्दैन भनेर अध्ययन गरेका थिए। उनले तथ्यांकीय विधिबाट न्यूनतम ज्यालले रोजगारी सिर्जनामा फरक पार्दैन भन्ने तथ्य पुष्टि गरेका थिए। 

न्यूनतम ज्याल लागू हुँदा रोजगारी सिर्जना घट्छ भन्ने आवाज पछिल्लो समय उठ्दै आएको थियो। कार्डको अध्ययनले त्यसले असर नपार्ने पुष्टि गरेका थिए। 

जोशुवा एंग्रिस्ट र गुइडो इम्बेन्सले इकनोमेट्रिक्समा विशेष योगदान गरेको भन्दै पुरस्कार दिइएको हो। यिनिहरुले कारक र संयोगलाई छुट्याउने काम गरेका थिए। विशिष्ट तथ्यांकीय विधिबाट अर्थतन्त्रमा कारक र संयोगको यकिन गर्ने विधि पत्ता लगाएका थिए। 

प्राकृतिक विधिबाटै यिनिहरुले तथ्यहरु केलाएर पुष्टी गरेका थिए। 


प्रकाशित : सोमबार, असोज २५ २०७८११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend