सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २५ २०७८
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई

मौजूदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएकोले प्रधानमन्त्रीको सिफारिमा उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले जनाएकाे छ।

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी ताेकेकी छिन्।

मौजूदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएकोले प्रधानमन्त्रीको सिफारिमा उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले जनाएकाे छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेपछि हमालको नियुक्‍ति प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको सिफारिसमा भएको भन्दै सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा सम्म विरोध भइरहेको थियो, जसका कारण हमालले राजीनामा दिएका थिए। 

प्रकाशित : सोमबार, असोज २५ २०७८११:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend