शुक्रबार, असोज ४ गते २०८१    
images
images

रसुवागढी नाकाबाट दुई दिनमै ल्याइयो ३६ कन्टेनर स्याउ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २५ २०७८
images
images
रसुवागढी नाकाबाट दुई दिनमै ल्याइयो ३६ कन्टेनर स्याउ

स्याउ भित्रिएसँगै दसैँका लागि नेपाली बजारमा फलफूलको आपूर्ति व्यवस्था सहज हुने भएको छ।

images
images

रसुवा- दसैँमा फलफूलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन्। शनिबार र आइतबार दुई दिनको अन्तरालमा ३६ कन्टेनर  स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए।

images
images
images

सो नाकाबाट ठूलो परिमाणमा स्याउ भित्रिएसँगै दसैँका लागि नेपाली बजारमा फलफूलको आपूर्ति व्यवस्था सहज हुने भएको छ। नेपाल भित्रिएको स्याउ भन्सार प्रक्रिया पूरागरी धमाधम काठमाडौँ लाने क्रम सुरू भइरहेको सूचना अधिकारी चौधरीले बताए।

चाडपर्वमा फलफूलको अभाव हुन नदिन व्यवसायीले स्याउलगायत तयारी पोशाक, जुत्ता, चप्पलजस्ता सामग्री आयातमा पहिलो प्राथमिकता दिँदै आएको पाइएको छ। आम उपभोक्ताको चाहना एवम् राजधानी काठमाडौँलगायत व्यवसायीक क्षेत्रको मागका आधारमा चाडपर्वलाई लक्षित गरी सामग्री आयात गर्ने गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिए।

चीनको उत्पादक कम्पनी वा फर्मलाई नेपाली व्यवसायीले सामान अर्डर गरे पश्चात् ढुवानी सेवामा कार्यरत सबैभन्दा ठूलो  चिनियाँ  कम्पनी मुसा टान्सपोर्टले रसुवागढी पुर्‍याइ छिटोछरितो सेवा दिँदै आएको बताइएको छ।

images


प्रकाशित : सोमबार, असोज २५ २०७८११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend