बिहीबार , मंसिर १३ गते २०८१    
images
images

नेपालजस्ता देशले विश्वराजनीतिमा प्रभाव पार्न सक्दैनन्,  त्यसैले युएन, डब्लुटीओ जस्ता संस्थाबाट लाभ लिनुपर्छः नेदरल्याण्डका राजदूत डेन बर्ग

नेपाल भारत तथा भुटानका लागि नेदरल्याण्डका राजदूत मार्टेन भान डेन बर्ग भन्छनः व्यापारघाटा खराब होइन

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २७ २०७९
images
images
नेपालजस्ता देशले विश्वराजनीतिमा प्रभाव पार्न सक्दैनन्,  त्यसैले युएन, डब्लुटीओ जस्ता संस्थाबाट लाभ लिनुपर्छः नेदरल्याण्डका राजदूत डेन बर्ग
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भारत तथा भुटानका लागि नेदरल्याण्डका राजदूत मार्टेन भान डेन बर्ग

विश्वव्यापीकरणले व्यापार घाटा बढाउँछ र त्यो खराब हो भन्ने गलत भाष्य निर्माण भएको पनि उनले बताए । 

images
images

काठमाडौं- नेपालजस्ता साना मुलुकले विश्वराजनीतिमा प्रभाव पार्न नसक्ने भएकाले स्थापित अन्तर्राष्ट्रिय संस्था तथा नियमलाई आफ्नो हितमा प्रयोग गर्नुपर्ने नेपाल भारत तथा भुटानका लागि नेदरल्याण्डका राजदूत मार्टेन भान डेन बर्गले बताएका छन्।

images
images
images

सर्वाङ्गीण विकास अध्ययन केन्द्र आईआईडीएसले मंगलवार आयोजना गरेको ‘विश्वव्यापीकरण, भूराजनीति तथा विकासशील मुलुकहरु’ विषयक अन्तर्क्रिया कार्यक्रममा राजदूत डेन बर्गले यस्तो बताएका हुन्।

images

‘नेपाल र नेदरल्याण्ड साना मुलुक हुन्, नेपाल चीन र भारतजस्ता ठूला देशको बीचमा छ, नेदरल्याण्ड फ्रान्स र जर्मनीको बीचमा छ,’' उनले भने, ‘यी दुवै देशले संयुक्त राष्ट्रसंघ तथा विश्व व्यापार संगठनजस्ता संस्थामाथि भर पर्नुपर्छ’ उनले भने।

images

विश्वव्यापीकरणले बाहिर प्रचार गरिएजस्तो खराब नगर्ने पनि उनले बताए । नेपालले पनि विश्वव्यापीकरणका कारण सिर्जित अवसरको उपयोग गर्नुपर्ने उनको तर्क थियो। 

नेपालले वस्तुभन्दा सेवा बढी व्यापारमार्फत बढी लाभ लिनसक्ने पनि उनले बताए । ‘विश्वव्यापीकरणले नेपालका सन्दर्भमा विभिन्न क्षेत्र जस्तैः आयात, रेमिट्यान्स, सेवा तथा पर्यटनलगायतमा प्रभाव पारिरहेको छ,’ उनले भने।

विश्वव्यापीकरणले व्यापार घाटा बढाउँछ र त्यो खराब हो भन्ने गलत भाष्य निर्माण भएको पनि उनले बताए । 

तुलनात्मक लाभका आधारमा विशेषज्ञता हासिल गर्न ज्ञान तथा प्रविधिको हस्तान्तरण गराउन सस्तो तथा राम्रो गुणस्तरको कच्चा पदार्थको उपलब्ध गराउन आयातलाई सस्तो बनाई उपभोक्ताको हित संरक्षण गर्न विश्वव्यापीकरण आवश्यक रहेको उनले बताए ।

‘तर पछिल्लो समय लोकप्रियतावाद, राष्ट्रवाद तथा संरक्षणवाद हावी भइरहेको छ’, उनले भने ।


प्रकाशित : मंगलबार, मंसिर २७ २०७९११:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend