सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

परराष्ट्रको हस्तक्षेपछि एनआरएनएको विश्व सम्मेलन तथा निर्वाचन स्थगित

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २५ २०७८
परराष्ट्रको हस्तक्षेपछि एनआरएनएको विश्व सम्मेलन तथा  निर्वाचन स्थगित

गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशन तथा विश्व सम्मेलन अनिश्चतकालका लागि स्थगित भएको छ।

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशन तथा विश्व सम्मेलन अनिश्चतकालका लागि स्थगित भएको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पत्र पठाउँदै चार बुँदे निर्देशन दिएपछि आइतबार बसेको  एनआरएएनको बैठकले तत्कालका लागि महाधिवेशन र विश्व सम्मेलन स्थागित गर्ने निर्णय गरेको हो। 

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले पठाएको पत्रमा संघका केही राष्ट्रिय समन्वय समिति (एनसीसी)हरुको निर्वाचन तथा महाधिवेशन प्रतिनिधि (डेलिगेट्स)  चयनमा विधान विपरित काम भएको उल्लेख छ।

विधान विपरित नियमावली बनाइएको र सो नियमावली अनुसार गरिएका काम स्वतः अवैधानिक हुने भनेपछि एनआरएनएले चुनावका कार्यक्रम स्थगित गरेको हो। 

एनआरएनएले अक्टोवर २३ देखि २५ सम्मका लागि विश्व सम्मेलन तथा महाधिवेशन गर्ने मिति तय गरेको थियो। सोमबार विज्ञप्ती जारी गर्दै तत्कालका सवै कार्यक्रम स्थिगित भएको घोषणा गरेको छ। 


प्रकाशित : सोमबार, असोज २५ २०७८०८:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend