शनिबार, कात्तिक ३ गते २०८१    
images
images

धुलिखेललाई ‘खाद्य हरियाली सहर’ बनाइँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २५ २०७८
images
images
धुलिखेललाई ‘खाद्य हरियाली सहर’ बनाइँदै

'यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रा्ेतको पहिचान र उपयोग गर्न सकिनेछ।' यस कार्यक्रममा जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत समावेश गरिनेछ। 

images
images

काभ्रेपलाञ्चोक- सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न धुलिखेल नगरमा ‘खाद्य हरियाली सहर’ कार्यक्रम थालिने भएको छ। 

images
images
images

यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ। 

उक्त कार्यक्रमका लागि नगरप्रमुख अशोककुमार ब्याञ्जू र नाष्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन्। 'यो कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दीगो रुपमा वैज्ञानिक ढङ्गबाट नगर सफासुन्दर हुनेछ' नगरप्रमुखब्याञ्जूले भने। 

images

वैज्ञानिक माध्यमबाट नगरलाई दीगो रुपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको उपकुलपति श्रेष्ठले बताए।

images

उनले भने,'यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रा्ेतको पहिचान र उपयोग गर्न सकिनेछ।' उनका अनुसार यस कार्यक्रममा जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत समावेश गरिनेछ। 

सफासुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगो रुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायतका काम हुने ब्याञ्जूले जानकारी दिए। उनका अनुसार नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पुर्‍याउनेछ। 

कार्यक्रम अन्तर्गत प्रारम्भिक चरणमा नगरद्वारा स्वच्छ ऊर्जा प्रवद्र्धन र विद्युतीय सामग्रीको प्रयोग गरी कार्बन उत्सर्जनलाई शून्य बनाउने उद्देश्यले नगरको छ नम्बर वडास्थित खड्गी, कपाली र दलित समुदायका परिवारलाई प्रोत्सहानस्वरुप इन्डक्सन चुलो वितरण गरिएको छ। यसबाट नसर्ने रोग तथा दमलगायत निमोनियाँ, रोग नियन्त्रण तथा स्वाशप्रश्वाससम्बन्धी रोग नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ।

धुलिखेल नगर हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको छ । जस्ले स्वस्थ सहर धुलिखेल बन्ने एउटा प्रमुख आधार तय गरेको बताइन्छ। आगामी महिना बेलायतको ग्लास्गोमा आयोजना हुने राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप-२६ अघि यो सूची सार्वजनिक गरिएको हो। उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानाडाको टोरोन्टो, स्पेनको बार्सिलोना र अमेरिकाका लसएन्जलस्समेत सूचीकृत छन्। 

धुलिखेलले यसअघि दक्षिण एशियामै पहिलो पटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनका ल्याएको थियो। सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दीगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको नगरप्रमुख ब्याञ्जूले बताए। 

'धुलिखेल संसारका ठूला र सफा सहरको सूचीकृत हनु गौरवको विषय हो।' उनका अनुसार जलवायु परिवर्तनको असरलाई कम गर्न नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री कार्यलाई प्राथमिकताकासाथ अघि बढाइएको थियो। 

नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको अवसरमा धुलिखेलमा शून्य ग्रीन हाउस ग्यास उत्सर्जनसहित वातावरणमैत्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आउँदा दिनमा नगरद्वारा जिवाश्म इन्धन अप्रसारसन्धि अभियान कार्यान्वयनमा पहिलो प्राथमिकतामा राखिने जनाइएको छ। रासस


प्रकाशित : सोमबार, असोज २५ २०७८०८:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend