सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सुनको मूल्य एक सयले घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २५ २०७८
सुनको मूल्य एक सयले घट्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९० हजार ६ रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९० हजार ६ रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार सोमबार तेजाबी सुन प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबार प्रतितोला ९० हजार २ सय ५० मा कारोबार भएको थियो।

चाँदीको मूल्य आइतबारको तुलनामा पाँच रुपैयाँले बढेको छ। चाँदी आइतबार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, असोज २५ २०७८०६:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend