शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

निफ्राले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने

images
images
images
निफ्राले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने

नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले ८.५ प्रतिशत नगद लाभांस दिने निर्णय नेपाल राष्ट्र बैंकले उल्टाइदिएको छ। राष्ट्र बैंकले नगदमा अनुमति नदिएपछि ८ प्रतिशत बोनस सेयर दिने निर्णय गरिएको छ।

images
images

काठमाडौं-  नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले ८.५ प्रतिशत नगद लाभांस दिने निर्णय नेपाल राष्ट्र बैंकले उल्टाइदिएको छ। राष्ट्र बैंकले नगदमा अनुमति नदिएपछि ८ प्रतिशत बोनस सेयर दिने निर्णय गरिएको छ।

images
images
images

बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने नगद लाभांस दिने निर्णय गरेको थियो। 

images

अब निफ्राले नगदको ठाउँमा बोनस सेयर दिने छ। निफ्राले ८ प्रतिशत बोनस सेयर दिने भएको छ। बोनस सेयरपछि निफ्राको चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँले बढ्ने छ।

images

निफ्राले कर प्रयोजनका लागि ८ करोड ४२ लाख रुपैयाँ नगद लाभांश दिने छ। पूर्वाधार क्षेत्रमा लगानी गर्नका लागि स्थापन भएको कम्पनीले ८ अर्ब रुपैयाँ सर्वसाधारणलाई सेयर बिक्री गरेको छ। कम्पनीले गत वर्षसम्मको सञ्चिति मुनाफाबाट लाभांश बाँड्ने प्रस्ताव गरेको हो। 

images
images

images

प्रकाशित : सोमबार, असोज २५ २०७८०६:२१

प्रतिक्रिया दिनुहोस