सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

निफ्राले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने

सोमबार, असोज २५ २०७८
निफ्राले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने

नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले ८.५ प्रतिशत नगद लाभांस दिने निर्णय नेपाल राष्ट्र बैंकले उल्टाइदिएको छ। राष्ट्र बैंकले नगदमा अनुमति नदिएपछि ८ प्रतिशत बोनस सेयर दिने निर्णय गरिएको छ।

काठमाडौं-  नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले ८.५ प्रतिशत नगद लाभांस दिने निर्णय नेपाल राष्ट्र बैंकले उल्टाइदिएको छ। राष्ट्र बैंकले नगदमा अनुमति नदिएपछि ८ प्रतिशत बोनस सेयर दिने निर्णय गरिएको छ।

बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने नगद लाभांस दिने निर्णय गरेको थियो। 

अब निफ्राले नगदको ठाउँमा बोनस सेयर दिने छ। निफ्राले ८ प्रतिशत बोनस सेयर दिने भएको छ। बोनस सेयरपछि निफ्राको चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँले बढ्ने छ।

निफ्राले कर प्रयोजनका लागि ८ करोड ४२ लाख रुपैयाँ नगद लाभांश दिने छ। पूर्वाधार क्षेत्रमा लगानी गर्नका लागि स्थापन भएको कम्पनीले ८ अर्ब रुपैयाँ सर्वसाधारणलाई सेयर बिक्री गरेको छ। कम्पनीले गत वर्षसम्मको सञ्चिति मुनाफाबाट लाभांश बाँड्ने प्रस्ताव गरेको हो। 


प्रकाशित : सोमबार, असोज २५ २०७८०६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend