बुधबार, वैशाख १२ गते २०८१    
images
images

सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख नाघ्यो

images
बिजनेस न्युज
images
images
सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख नाघ्यो
images
images

काठमाडौं- नेपाली सुनचाँदी बजारमा शुक्रबार छापावाल  सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार २ सय रुपैयाँ थियो।     

images

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा शुक्रबार प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

images

images

प्रकाशित : शुक्रबार, मंसिर २३ २०७९०५:१८
प्रतिक्रिया दिनुहोस