मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

विद्युत खपत बढाउन सके आर्थिक विकास हुन्छ : अर्थमन्त्री शर्मा

images
बिहीबार , मंसिर २२ २०७९
images
images
विद्युत खपत बढाउन सके आर्थिक विकास हुन्छ : अर्थमन्त्री शर्मा

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा विद्युत खपत बढ्दै जाँदा विद्युतसम्बन्धी सामग्रीको बजार पनि बढ्ने बताए।

images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन्। 

images
images
images

बिहीबार आयोजित फिन इलेक्ट्रो टेक-२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउनुपर्ने र यसले व्यापार घाटा कम गर्न समेत सहयोग गर्ने बताए। उनले विद्युतको क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको समेत उल्लेख गरे। 

images
images

उनले पछिल्लो समय कोरोना महामारी र रसिया-युक्रेन युद्धका असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको बताए। उनले विद्युत बिक्री गर्नेभन्दा पनि खपतमा जोड दिनुपर्नेमा जोड दिए।  

images
images
images

'विद्युत बेच्नु पर्दैन अब विद्युत बेच्ने जमाना गए, स्वदेशमै विद्युतको खपत बढाउनुपर्छ', उनले भने।  

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा विद्युत खपत बढ्दै जाँदा विद्युतसम्बन्धी सामग्रीको बजार पनि बढ्ने बताए। भोलिका दिनमा १५ हजार मेगावाट विद्युत खपत गर्न सकियो भने विद्युतीय सामग्रीसम्बन्धित बजारको पनि सुनिश्चितता हुने उनको भनाइ छ। 

'बर्खायाममा विद्युत निर्यात हुनु हाम्रो सफलता होइन, विद्युत खपतबाटै समृद्धि हुन्छ। तर खपत नभएको विद्युत खेर फाल्नुभन्दा निर्यात गर्नुपर्छ', उनले भने।  

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत उत्पादन गर्ने कम्पनीहरूले यस क्षेत्रमा गरेको अर्बौ लगानी बचाउन सरकारसँग आग्रह गरे। 'पूर्वाधारको अभावमा विद्युत प्रयोग गर्न सकिएको छैन। अर्बौँ लगानीका आयोजनाको पीपीए हुनसकेको छैन', उनले भने।  

‘नेपालको समृद्धि, ऊर्जा खपत अभिवृद्धि’ नारासहित फिन इलेक्ट्रो टेक २०२२ प्रदर्शनी आजदेखि सुरु भएको हो। प्रदर्शनी मङ्सिर २५ गतेसम्म चल्नेछ। रासस


प्रकाशित : बिहीबार , मंसिर २२ २०७९११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend