सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सय अर्ब डलर क्लबमा मुकेश अम्बानीको प्रवेश

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २४ २०७८
सय अर्ब डलर क्लबमा मुकेश अम्बानीको प्रवेश

ब्लुमबर्ग बिलियनर इन्डेक्स अनुसार उनले यही वर्षमात्र २३.८ अर्ब अमेरिकी डलर सम्पत्ति थप गरेका छन्। 

काठमाडौं- एसियाकै धनी मुकेश अम्बानी सय अर्ब अमेरिकी डलर सम्पत्ति हुनेहरूको क्लबमा प्रवेश गरेका छन्। 

एक सय अर्ब अमेरिकी डलर सम्पत्तिसहित अम्बानी अर्बपतिहरूको एक्सक्लुसिभ क्लबमा प्रवेश गरेका हुन्। योसँगै उनी संसारकै धनीहरूको सूचीमा ११औं नम्बरमा पुगेको ब्लुम्बवर्गले उल्लेख गरेको छ। 

संसारकै धनीहरूको सूचीमा सबैभन्दा माथि एलन मस्क छन्। २२२ अर्ब डलरसहित एक नम्बरमा मस्क छन् भने जेफ बेजोज १९० डलरसहित दोस्रो नम्बरमा छन्। 

भारतीय व्यवसायी अम्बानी रिलायन्स इन्ड्रष्ट्रिजका अध्यक्ष हुन्। उर्जा तथा सूचना प्रविधिमा छलाङ मारेका अम्बानी पछिल्ला वर्ष आक्रामक रुपमा सम्पत्ति विस्तार गरिरहेका छन्। ब्लुमबर्ग बिलियनर इन्डेक्स अनुसार उनले यही वर्षमात्र २३.८ अर्ब अमेरिकी डलर सम्पत्ति थप गरेका छन्। 

पेट्रोलियम तथा पेट्रोकेमिकलबाट सूचना प्रविधिको क्षेत्रमा व्यवसाय वस्तार गरेका अम्बानीले रिटेल तथा इकमर्समा हात हालेका छन्। सूचना प्रविधिको क्षेत्रमा अम्बानीक कम्पनीहरुले भारतीय बजारमा राज गरेका छन्। 


प्रकाशित : आइतबार, असोज २४ २०७८१२:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend