शनिबार, कात्तिक ३ गते २०८१    
images
images

हिल्सा नाका खोल्न माग

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २४ २०७८
images
images
हिल्सा नाका खोल्न माग

सीमानाका बन्द हुँदा यहाँका साना, मझौला, ठूला व्यवसाय आर्थिक सङ्कटमा परेको अध्यक्ष लामाले बताए। छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन्।

images
images

सिमकोट- छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन्। 

images
images
images

कोभिड १९ को सङ्क्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्ने आग्रह गरेका हुन्। 

सो नाका बन्द भएपछि त्यस क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको भन्दै सीमानाका खोल्न माग गरेको होटेल व्यवसायीका अध्यक्ष मीमबहादुर लामाले जानकारी दिए। 

images

आर्थिक सङ्कटमा व्यवसायी

images

यो सीमानाका बन्द हुँदा यहाँका साना, मझौला, ठूला व्यवसाय आर्थिक सङ्कटमा परेको अध्यक्ष लामाले बताए। हिल्साबाट चीन आवतजावत गर्ने नाका वा सीमा खोल्नका लागि आवश्यक पहल गरीदिन जिल्ला प्रशासनमार्फत सरकारलाई आग्रह गरेको उनले बताए। 
 
नाकामा खोलिएका होटेल व्यवसाय ठप्प हुँदा उनीहरुको लगानी सङ्कटमा पुगेका छन्। हिल्सा नाका सीमा क्षेत्र बन्द भएपछि हुम्लीको व्यापार ठप्प भएको छ।

रोजगारी गुम्यो

हिल्सा नाका बन्द हुँदा चीनको ताक्लाकोट गएर काम गरेर जीविकोपार्जन गर्दै आएका करिब सात हजार बढी हुम्लीको रोजगारी गुमेको छ। वैशाख महिनाको अन्तिम महिनादेखि हिमपातले रोकिएको नाका खुलेर रोजगारी लागि उत्तरी नाम्खा गाउँपालिकालगायत अन्य पालिकाका नागरिक ताक्ला पुग्थे। तर दुई वर्षयता चीनमा आत्मनिर्भर रहेको नाम्खा गाउँपालिकाका बासिन्दा सीमा बन्द हुँदा बढी समस्यामा परेका हुन्।
   
वैशाखदेखि मङ्सिर अन्तिमसम्म ताक्लाकोटमा काम गरेर नेपाल फिर्ता हुनेगरे पनि विगत लामो समयदेखि बन्द हुँदा समस्या बनाएको नाम्काका स्थानीय दावा तामाङले बताए। करिब आठ महिना बढी चीनमा काम गरेर हुम्ला फिर्ता हुनेगरे पनि सीमानाका कोरोनाका कारण बन्द हुँदा हुम्लीलाई घरपरिवारको खर्च चलाउन समेत समस्या बनाएको उनले बताए। 
 
उनले भने,  'उत्तरी नाम्खा चीनमा निर्भर छ, उसो त सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका नागरिकसमेत ताक्लाकोट पुगेर राम्रो कमाइ गर्थे। कोरोनाले सीमा बन्द भएपछि चीनले खुलाउन नचाहँदा थप समस्या बनाएको छ।' हिल्सा नाका बन्द भएपछि व्यापार व्यवसाय ठप्प हुनुका साथै दसैँ तिहार जस्ता ठूला चार्डपर्वमा सस्तो र सहज उपभोग्य वस्तु उपभोग गर्न नसकिएको उनको भनाइ छ। 

च्याङ्ग्रा नआउँदा खसीको मूल्य आकाशियो

दुई वर्षदेखि सीमा बन्द भएर चिनियाँ च्याङ्ग्रा नभित्रिदा हुम्लामा खसीको मूल्य आकाशिएको छ। कोरोना सङ्क्रमणका कारण दुई वर्षदेखि नेपाल चीन सीमानाका हिल्सामा आवतजावत पूर्णरुपमा बन्द भएपछि दसैँंमा खसीको मूल्यमा वृद्धि भएको हो। सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैँ महँगो हुने भएको छ। 

चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले स्थानीय गाउँघरमा भएका खसी किन्नु पर्दा महँगो मूल्य तिरेर खरिद गर्नुपरेको छ। विगत वर्षमा प्रत्येक वर्षको दसैँमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दसैँ मनाउने गर्थे भने यो वर्षको दसैँ हुम्लीको महँगो हुनेभएको हो। हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पालगायतका नाकाबाट बन्द हुँदा जिल्लामा खसीको तौल हेरेर १५ हजारदेखि ३० हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ। 

चीनबाट आएका च्याङ्ग्राको मूल्य दुई वर्ष अगाडि हुम्लामा १० हजार रुपैयाँसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा ३० हजार रुपैयाँसम्म पर्ने गरेको सिमकोट २ का धनबहादुर भण्डारीले बताए। स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारीले बताउने गरेका छन्।

व्यापारीले चिनियाँ च्याङ्ग्रा नआउँदा दसैँका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएर बिक्री गर्न थालेका छन्। हुम्लाको सदरमुकाम सिमकोटमा खसी मासुको प्रतिकेजी एक हजार रुपैयाँ मूल्यमा बिक्री हुने गरेको छ। विगतका वर्षमा दसैँ आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गदर्थे। तर कोरोनाका कारण नेपाल र चीनको सिमाना हिल्सा नाका दुई वर्षदेखि बन्द हुँदा चिनियाँ च्याङ्ग्रा नभित्रिएका हुन्। रासस


प्रकाशित : आइतबार, असोज २४ २०७८१२:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend