काठमाडौं- मंगलबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। सोमबार भने सूनको मूल्य बढेको थियो। सोमबारको तुलनामा सुन प्रतितोला ६ सय रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँ घटेको हो।
सोमबार छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेर ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँ घटेको हो। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।