सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

लाभांश घोषणाले पनि सेयर बजारमा किन देखिएन उत्साह?

आइतबार, असोज २४ २०७८
लाभांश घोषणाले पनि सेयर बजारमा किन देखिएन उत्साह?

बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गरे पनि सेयर बजार परिसूचक भने ओरोला लागेको छ। दसैँको मुखमा पनि सेयर बजार ओरालो लागेको हो।

काठमाडौं- बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गरे पनि सेयर बजार परिसूचक भने ओरोला लागेको छ। दसैँको मुखमा पनि सेयर बजार ओरालो लागेको हो।

दसैँ बोनस बुझेर बसेका लगानीकर्ताले खरिद गर्ने अपेक्षा गर्दै विश्लेषकहरुले दसैँ अगाडि बजार बढ्ने अनुमान गरेका थिए। बैंक तथा वित्तीय संस्थाहरुले धमाधाम आकर्षक लाभांश घोषणा गरे पनि केही कम्पनीमा बाहेक खासै असर पारेन। आइतबार बजार खुल्नेवित्तिकै नेप्से परिसूचक २२ अंकसम्म बढेको थियो।

उक्त बढेको बजार केहीबेर पनि टिक्न सकेन र बन्द हुने समयसम्म १८.५३ अंकले घटेर २६६२.५८ अंकमा झरेको छ। गत साता घट्दै गरेको बजारमा हरियाली छाएको थियो।

आइतबार कारोबारमा भने केही वृद्धि भएको छ। ४ अर्ब ४९ करोड ८० रुपैयाँको कारोबार भएको छ। भने ७२ लाख ५१ हजार ७ सय ४४ कित्ता सेयर कारोबार भएको छ।

४८ कम्पनीको सेयर बढ्दा १३८ कम्पनीको सेयर ओरालो लागेको छ। सबैभन्दा बढी मैलुङ खोला कम्पनीको सेयर १० प्रतिशत बढेको छ। आइतबार मात्रै ५० प्रतिशत लाभांश घोषणा गरेको महिला लघुवित्तको सेयर पनि ९.३७ प्रतिशतले बढेको छ। 


प्रकाशित : आइतबार, असोज २४ २०७८०९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend