शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

लाभांश घोषणाले पनि सेयर बजारमा किन देखिएन उत्साह?

images
images
लाभांश घोषणाले पनि सेयर बजारमा किन देखिएन उत्साह?

बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गरे पनि सेयर बजार परिसूचक भने ओरोला लागेको छ। दसैँको मुखमा पनि सेयर बजार ओरालो लागेको हो।

images
images

काठमाडौं- बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गरे पनि सेयर बजार परिसूचक भने ओरोला लागेको छ। दसैँको मुखमा पनि सेयर बजार ओरालो लागेको हो।

images
images
images

दसैँ बोनस बुझेर बसेका लगानीकर्ताले खरिद गर्ने अपेक्षा गर्दै विश्लेषकहरुले दसैँ अगाडि बजार बढ्ने अनुमान गरेका थिए। बैंक तथा वित्तीय संस्थाहरुले धमाधाम आकर्षक लाभांश घोषणा गरे पनि केही कम्पनीमा बाहेक खासै असर पारेन। आइतबार बजार खुल्नेवित्तिकै नेप्से परिसूचक २२ अंकसम्म बढेको थियो।

images

उक्त बढेको बजार केहीबेर पनि टिक्न सकेन र बन्द हुने समयसम्म १८.५३ अंकले घटेर २६६२.५८ अंकमा झरेको छ। गत साता घट्दै गरेको बजारमा हरियाली छाएको थियो।

images

आइतबार कारोबारमा भने केही वृद्धि भएको छ। ४ अर्ब ४९ करोड ८० रुपैयाँको कारोबार भएको छ। भने ७२ लाख ५१ हजार ७ सय ४४ कित्ता सेयर कारोबार भएको छ।

images
images

४८ कम्पनीको सेयर बढ्दा १३८ कम्पनीको सेयर ओरालो लागेको छ। सबैभन्दा बढी मैलुङ खोला कम्पनीको सेयर १० प्रतिशत बढेको छ। आइतबार मात्रै ५० प्रतिशत लाभांश घोषणा गरेको महिला लघुवित्तको सेयर पनि ९.३७ प्रतिशतले बढेको छ। 

images

प्रकाशित : आइतबार, असोज २४ २०७८०९:३२

प्रतिक्रिया दिनुहोस