बिहीबार , मंसिर १३ गते २०८१    
images
images

उद्योग वाणिज्य महासंघको अर्थतन्त्र जोगाऔँ अभियान, अर्थमन्त्रीलाई गरायो ध्यानाकर्षण 

images
आइतबार, मंसिर १८ २०७९
images
images
उद्योग वाणिज्य महासंघको अर्थतन्त्र जोगाऔँ अभियान, अर्थमन्त्रीलाई गरायो ध्यानाकर्षण 

अर्थतन्त्रमा खराब सूचक संकटोन्मुख भविष्यको संकेत जारी रहेको भन्दै महासंघले यो अभियान चलाएको छ।  यही अभियान अन्तर्गत महासंघले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्दै सहकार्य र समन्वयको लागि आग्रह गरेको छ।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र जोगाऔँ अभियान चलाएको छ। महासंघले वर्तामान समयमा नेपाली अर्थतन्त्र समस्यामा रहेको भन्दै यस्तो अभियान चलाएको हो। 

images
images
images

अर्थतन्त्रमा खराब सूचक संकटोन्मुख भविष्यको संकेत जारी रहेको भन्दै महासंघले यो अभियान चलाएको छ।  यही अभियान अन्तर्गत महासंघले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्दै सहकार्य र समन्वयको लागि आग्रह गरेको छ।

images

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुआयामिक असर परेको जानकारी गराएको थियो। चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ ध्यानाकर्षण गराइएको महासंघले जानकारी गराएको छ। 

images

अर्थमन्त्रीसंगको भेटवार्ताको क्रममा महासंघका अध्यक्षले राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मुल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र निजी क्षेत्र संकुचित हुँदै गएको बताएका थिए।  

प्रत्यक्ष अप्रत्यक्ष रुपमा बजारलाई नियन्त्रण गर्न सुरु भएको करिब एक वर्षको अवधिमा बहुआयामिक जोखिम बढेको हुँदा सरकार एवं केन्द्रीय बैंकले अर्थतन्त्र जोगाउन महासंघले सुझावसमेत दिएको छ। 
 
राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन तत्काल कार्यान्वयन नगर्न महासंघले सुझाव दिएको छ। यसै पनि समस्यामा परेको अर्थतन्त्रमा यसले थप समस्या सिर्जना गर्ने महासंघको राय छ। कम्तिमा २ वर्ष मार्गदर्शन रोक्नुपर्ने महासंघले सुझाव दिएको छ।
 
महासंघले तरलता व्यवस्थापनका लागि दिएका सुझाव यस्ता छन्। 

🔹  पुस मसान्तमा पुनर्कर्जा वापतको करिब ६० अर्ब रुपैया बैंक वित्तिय संस्थाहरूबाट फिर्ता जाने बैंकहरूको भनाइ छ । यसले उद्यमीलाई समस्या त हुने नै छ, बजारमा तरलता अभावलाई थप गहिर्याउनेछ । त्यसैले कम्तीमा एक वर्ष पुनर्कर्जा नवीकरणको सुविधा दिइनुपर्छ । 

🔹 अनिवार्य नगद अनुपात लाई एक प्रतिशत विन्दुले कम गर्नुपर्छ । नीतिगत दर घटाउनुपर्नेछ । 

🔹 सरकारी ढुकुटीमा रहेको रकम प्रवाह गरि तरलता व्यवस्थापनका उपाय अवलम्बन गरिनुपर्छ ।  

🔹  स्थानीय तहमा जाने रकमलाई निश्चित अवधिका लागि सत प्रतिशत गणना गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । 

🔹  पूँजीगत खर्च हुन नसक्नु मुलुकको पुरानो समस्या रहेको र खर्च नहुँदा बजारमा तरलता अभाव हुने गरेको          सन्दर्भमा खर्च बढाउन विशेष पहल आवश्यक छ । अर्थमन्त्रालयले पूँजीगत खर्च नहुने कारण पहिल्याउनसकेको सन्दर्भमा खर्च बढाउने योजना तत्काल कार्यान्वयन गर्नु आवश्यक छ । 

🔹  वैदेशिक लगानी आकर्षित गर्नका लागि बजेटमा उल्लेखित स्वचालित प्रक्रिया कार्यान्वयन गर्नुपर्नेछ । यसबारे तत्काल कार्यविधि बनाइ विदेशी लगानी बढाउन पहल गर्नुपर्छ । 

🔹 सरकारको नीति तथा कार्यक्रममा समावेश भैसकेको सार्वभौम रेटिङ तत्काल गरिनुपर्ने । अन्तराष्टिय रकम भित्र्याउन वोन्ड लगायतका अन्य उपकरणको प्रयोग गर्न सकिन्छ । अन्य लगानीका स्रोतबाट रकम भित्र्याउन नीतिगत सुधार आवश्यक छ । 

🔹  निजी क्षेत्र तथा बैंकहरुले विदेशबाट ऋण लिनको लागि सहजीकरण एवं प्रोत्साहन गरिनुपर्नेछ । 

🔹 सरकारको बजेट वक्तव्यमा उल्लेख भएको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गरिनुपर्नेछ ।

भेटका क्रममा अर्थमन्त्री शर्माले महासंघले अर्थतन्त्रको जोखिम कम गर्न सुधारका लागि गरेको निरन्तरको पहललाई आफूले निकै सकारात्मक रुपमा लिएको बताएका थिए। 


प्रकाशित : आइतबार, मंसिर १८ २०७९११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend