शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

९८ प्रतिशत रोपाइँ सकियो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ३१ २०७८
९८ प्रतिशत रोपाइँ सकियो

साउन अन्तिमसम्म देशभर ९७.८९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ। जसमा उच्च पहाडमा ९८‍.११, मध्य पहाडमा ९७.१९, तराईमा ९८.१३ प्रतिशत राेपाइँ सकिएको विभागले जनाएको छ। यो गत वर्षको भन्दा चार हजार हेक्टर कम क्षेत्रफलमा रोपाइँ भएको विभागको तथ्यांक छ। 

काठमाडौं-  साउन अन्तिमसम्म देशभर ९७.८९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ। जसमा उच्च पहाडमा ९८‍.११, मध्य पहाडमा ९७.१९, तराईमा ९८.१३ प्रतिशत राेपाइँ सकिएको विभागले जनाएको छ। यो गत वर्षको भन्दा चार हजार हेक्टर कम क्षेत्रफलमा रोपाइँ भएको विभागको तथ्यांक छ। 

नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा साउन २८ गतेसम्म १३ लाख ४२ हजार ८१९.९४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ। गत वर्ष १३ लाख ४६ हजार ९२० हेक्टर क्षेफलमा रोपाइँ भएको थियो।

यस वर्ष ६० लाख मेट्रिक टन धान उत्पादन हुने कृषि मन्त्रालयको अनुमान छ। गत आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको छ।

अहिलेसम्म प्रदेश नम्बर १ मा ९६.८६ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ। प्रदेश १ मा दुई लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको तथ्यांक छ। जसमध्ये दुई लाख ६७ हजार १४९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। यही अवधिमा गत वर्ष ९५.८८ प्रतिशत रोपाइँ भएको थियो।

प्रदेश २ मा ९६.८ प्रतिशत रोपाइँ भएको छ। त्यहाँ ३ लाख ६५ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। यस वर्ष लगभग तीन लाख ५३ हजार ९०२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ। गत वर्ष यही अवधिमा ९९.०२ प्रतिशत रोपाइँ भएको थियो।

बागमती प्रदेशमा ९८.०८ प्रतिशत धान रोपाइँ सकिएको विभागको तथ्यांक छ। बागमती प्रदेशमा एक लाख १५ हजार २ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा यो वर्ष एक लाख १३ हजार ८२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ। 

गण्डकी प्रदेशमा ९८.६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। एक लाख ८२ हजार ७८ हेक्टर क्षेत्रफल धान खेती हुने गरेकोमा यो वर्ष गण्डकी प्रदेशमा एक लाख ६८ हजार १० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। 

लुम्बिनी प्रदेशमा ९८.९५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्याङ्कमा उल्लेख छ। तीन लाख ३५ हजार ९३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा यो वर्षमा तीन लाख ३९२.०२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।

कर्णाली प्रदेशमा शतप्रतिशत नै रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ। कर्णालीमा तीन लाख ८३ हजार ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। साथै सुदूरपश्चिम प्रदेशमा ९९.०६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। 


प्रकाशित : आइतबार, साउन ३१ २०७८०८:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend