काठमाडौं-सुनको मूल्य प्रतितोला एक लाखनजिक पुगेको छ। आइतबारका लागि कारोबार मूल्य ९९ हजार ५ सय रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य बलियो हुँदा नेपालमा त्यसको असर परेको हो।
गत वैशाखमा कारोबार मूल्य तोलाको लाख नाघेको थियो। वैशाख ५ गते तोलाको १ लाख २ हजार ५ सयसम्म पुगेको मूल्य क्रमिक घटेको थियो। घटबढ भइरहँदा कारोबार मूल्य ९९ हजार २ सयबाट माथि उक्लिएको थिएन।
आइतबार चाँदी १३ सय ७० रुपैयाँ प्रतितोला छ। गत शुक्रबारका तुलनामा तोलामा २५ रुपैयाँ बढेको हो। यो महिना चाँदी तोलामा ८५ रुपैयाँ बढिसकेको छ।