काठमाडौं- नेपाल राष्ट्र बैंकले हजार दरका नोट छपाइको जिम्मा भारतीय कम्पनीलाई दिएको छ।
राष्ट्र बैंकले हजार दरका ४३ करोड थान नोट छपाइको जिम्मेवारी भारतीय कम्पनी एमएस सेक्युरिटी प्रिन्टिङ एण्ड मिन्टिङ कोर्पेरेसन अफ इन्डिया लिमिटेडलाई दिएको हो।
यो कम्पनीसहित ब्राजिल, चीन र फ्रान्सका कम्पनीहरू प्रतिस्पर्धामा थिए।
भारतीय कम्पनीले सबैभन्दा न्यून दर प्रस्ताव गरेकाले दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ। राष्ट्र बैंकका अनुसार भारतीय कम्पनीले ४३ करोड थान हजारका नोट छाप्नका लागि १ करोड ११ लाख ३४ हजार ५०६ अमेरिकी डलर प्रस्ताव गरेको थियो।