काठमाडौं- फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट २० प्रतिशत लाभांस दिने भएको छ।
संस्थाको सम्पन्न सञ्चालक समितिले सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत सेयर तथा कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ।
संस्थाले कूल १९ करोड २८ लाख रुपैयाँ बराबरको लाभांस सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाले पारित गर्ने छ। साधारणासभाबाट पारित भएपछि सेयरधनीले लाभांस पाउनेछन्।