मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

विदेशबाट फर्किएर स्वदेशमै उद्यम, मनग्य आम्दानी

images
शुक्रबार, मंसिर १६ २०७९
images
images
विदेशबाट फर्किएर स्वदेशमै उद्यम, मनग्य आम्दानी

वैदेशिक रोजगारीको मोह छाडेर उनी अहिले स्वदेशमै उद्यममा जमेका छन्। वैदेशिक रोजगारीका क्रममा कमाएको करिब २० लाख लगानीबाट सुरु गरेको उद्योग उनको कमाइको मुख्य स्रोत बनेको छ। 

images
images

वेदकोट- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले आठ वर्ष अगाडि स्नातक तह अध्ययन गर्दैगर्दा स्वदेशमै रोजगारी खोजे पनि पाएनन्। आफ्नै काम गर्न उनीसँग लगानी पनि थिएन । त्यसपछि निराश बन्दै क्षेत्री कामको खोजीमा वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) गए। 

images
images
images

विदेशमा तीन वर्ष काम गरेर फर्किएका क्षेत्रीले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अर्मिसोको कुचो बनाउने विन्ध्याबासिनी लघु उद्योग खोलेका छन्। 

images
images

'विदेशमा पेट्रोलपम्पमा तीन वर्ष काम गरेँ, त्यहाँबाट फर्किएपछि स्वदेशमै उद्यम गर्ने सोच आयो' उनले भने 'बुवा वन कार्यालयमा जागिरे हुनुहुन्थ्यो, उहाँकै सल्लाहअनुसार बेत, बाँसको काममा लागेँ।'

images
images
images

भीमदत्त नगरपालिका–१८ जानकी टोलमा वार्षिक एक लाख ५५ हजार भाडामा क्षेत्रीले तीन कठ्ठा जमिन भाडामा लिएर उद्योग खोलेका छन्। 
वैदेशिक रोजगारीको मोह छाडेर उनी अहिले स्वदेशमै उद्यममा जमेका छन्। वैदेशिक रोजगारीका क्रममा कमाएको करिब २० लाख लगानीबाट सुरु गरेको उद्योग उनको कमाइको मुख्य स्रोत बनेको छ। 

'सुरुमा एउटा कोठाबाट सुरु गरेको काम अहिले विस्तार भएको छ, सुरुमा आफ्नो   २० लाख लगानी गरेका थियौँ। अहिले बैंकबाट २६ लाख जति ऋण लिएका छौँ' उनले भने। 

क्षेत्रीले आफूले स्वदेशमै मात्रै रोजगारी  होइन अरु १० जना पनि उद्योगमा रोजगारी दिएका छन्। बेत, बाँसको फर्निचर तथा कुचो बनाउने उद्यममा सक्रिय क्षेत्री स्वदेशमै काम गरेर विदेशको जस्तै मनग्य आम्दानी हुँदा छन्। 

कामको खोजीमा विदेशिनेलाई स्वदेशमै उद्यम गर्न क्षेत्रीको सुझाव छ ।

सरकारले तालिम, बजार व्यवस्थापन तथा स्वदेशमै उद्यम गर्ने युवालाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराए लगानी नहुँदा आफ्नै उद्यम गर्न नसकेर विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने उनी बताउँछन्। रासस


प्रकाशित : शुक्रबार, मंसिर १६ २०७९०४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend