मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

सार्वजनिक सम्पत्तिको नोक्सानी गर्नेबाटै क्षतिपूर्ति तिराउने काठमाडौं महानगरको घोषणा 

images
शुक्रबार, मंसिर १६ २०७९
images
images
सार्वजनिक सम्पत्तिको नोक्सानी गर्नेबाटै क्षतिपूर्ति तिराउने काठमाडौं महानगरको घोषणा 

स्थानीय सरकार सञ्चालन ऐनले  सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई तोकेको छ। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रका सार्वनजिक सम्पत्तिको क्षति भएमा जरिबाना तिराउने भएको छ। 

images
images
images

महानगरले सार्वजनिक सूचना जारी गर्दै कुनै पनि गतिविधिबाट महानगरभित्रको सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएमा त्यस्तो समूह वा व्यक्तिबाटै असुल गरिने जानकारी गराएको छ। 

images
images

स्थानीय सरकार सञ्चालन ऐनले  सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई तोकेको छ। 

images
images
images

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व यस कार्यालयको रहेकोले कुनै पनि सङ्घ, सङ्गठन, निकाय, समूह, व्यक्ति वा अन्य जो कसैले जुनसुकै तरिका वा प्रक्रियाबाट त्यस्ता सम्पत्तिको नोक्सान गर्ने, क्षति गर्ने, नष्ट गर्ने वा अतिक्रमण गर्ने कार्य निषेध गरिएको महानगरले प्रष्ट पारेको छ। 

यदि महानगरभित्रको सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा क्षति पुर्याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानून बमोजिम कारबाही एवं हानि नोक्सानी बापतको क्षतिपूर्ति समेत कानून बमोजिम भराइने महानगरले जानकारी दिएको छ। 


प्रकाशित : शुक्रबार, मंसिर १६ २०७९०४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend